Sajhamanch Archive

‘गुनगुन’ कथा कहिल्यै पुरानो हुँदैन समाज सापेक्ष छ : निर्देशक भट्टराई

Published: (Updated: ) in टिप्स/जानकारी, मुख्य समाचार by .

बिर्तामोड । पारिवारीक र सामाजिक बिषयवस्तुमा आधारीत नेपाली चलचित्र ‘गुनगुन’ कात्तिक ३० गते देखि देशभर एकैसाथ प्रदशन हुने आज बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

चलचित्रका निर्देशक पुकार भट्टराई र अभिनेता सुवास मेचेले ‘गुनगुन’ देशभर कात्तिक ३० गतेबाट ल्याउन लागेको जानकारी गराए ।

दुई दशक लामो अभिनय यात्राको अनुभवलाई समेटेर यो चलचित्र बनाएको र भट्टराईले पहिलो पटक यो फिल्म निर्देशन गरेको बताइएको छ ।

फिल्म निर्देशनमा आउन ढिलाई भएकै हो यस फिल्मको कथा सय वर्षसम्म पुरानो नहुने खालको र सयौ वर्ष अगाडिको परिवेशलाई पनि सुहाउने खालको रहेको निर्देशन बताउँछन ।

पहिलो निर्देशित फिल्म भएपनि कमजोर नबनाएको उत्कृष्ट फिल्म बनाउन कुनै कसुर बाँकी नरहेको उनको दाबी छ ।

प्रेम सिकाउने तथा जिम्मेवार बन्न सिकाउँदै ‘गुनगुन’ एउटा पूर्ण प्याकेजको फिल्म बनेको निर्माताको भनाई छ ।

फिल्ममा अभिनय गर्ने सबै कलाकारको भूमिका एकसेएक रहेको एक विवाहित महिलाले श्रीमान र प्रेमीलाई प्रेम गर्दा आइपर्ने आरोह अवरोहको कथा फिल्मले देखाएको बताइएको छ ।

फिल्मका प्रमुख पात्रमध्ये निर्देशक भट्टराई पनि एक हुन् । उनले अभिनेत्रि संचिताको श्रीमानको भूमिका निभाएका छन् ।

फिल्मलाई लभस्टोरी फेमिली ड्रामा बताउने निर्माता समेत रहेका निर्देशक भट्टराई थप्छन्एउटा विवाहित महिलाले प्रेम भन्ने कुरालाई कतिसम्म बुझ्नु पर्छ भन्ने सन्देश फिल्मले दिन खोजेको छ ।

अभिनेता सुवास मेचे भने ३ वर्षपछि फिल्ममा कमब्याक गर्दा डर र उत्साह दुबै रहेको सुनाउँछन् । एक्सन अवतारमा रुचाएका उनी फिल्म किल्ला पछि पर्दामा फर्किएका हुन् ।

उनि भन्छन पुकार भट्टराईले ‘गुनगुन’ टाइटलमा फिल्म बनाउँदै छु, गर्नु पर्छ है भनेपछि मैले कथा नै नसुनि हुन्छ भनेको थिएँ । मलाई टाइटलले नै आनन्दित तुल्याएको थियो । किनभने, म मेरी छोरीलाई मायाले गुनगुन भनेर बोलाउँछु उनले भने ।

उनले फिल्म गर्न चुनौतीपूर्ण रहेको अनुभव बताउँदै भन्छन् फिल्ममा मैले दोहोरो भूमिका खेलेको छु । पहिला सियो बनेर पस्ने र पछि फाली बनेर निस्कने खालको भूमिका छ ।

यस फिल्ममा पहिला हिरो लागेपनि पछि भिलेन लाग्न सक्छ । पूरै भिलेन भन्दा पनि हिरो प्रकारको नेगेटिभ रोल छ ।ु उनी आफ्नो करिअरका लागि ‘गुनगुन’ सफल हुनै पर्ने दबाव रहेको बताउँछन् ।

फिल्मको टाइटल क्यारेक्टरमा अभिनेत्री संचित लुईँटेल, रविन्द्र प्रताप सेन, सुभास मेचे, नविन क्षेष्ठ , देशभक्त खनाल,राधा दाहाल, भिमा मैनाली, बालकलाकारमा सुमेस क्षेष्ठ आदीको अभिनय रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।

प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ  ।

दुई वटा गीत रहेको चलचित्रमा झापाका तिनवटै हलमा प्रदर्शन हुने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *