Sajhamanch Archive

नेपाल सम्वत व्यवहारमा कार्यान्वयन गर्न माग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

मेचीनगर । झापाको मेचीनगरमा आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले नेपाल सम्वतलाई तत्काल व्यवहारमा लागु गर्न माग गरेका छन् ।

नेपाल सम्वत ११३९ को अवसर पारेर नेवा समाज समिति मेचीनगरले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागीहरुले नेपाल संवतलाई सरकारले राष्ट्रिय सम्वत घोषणा गरेको १० वर्ष वितिसक्दासम्म प्रयोगमा आउन नसकेको भन्दै दुःख व्यक्त गरेका थिए ।

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको मन्त्रिपरिषद्को २०६५सालमा सम्पन्न वैठकले नेपाल सम्वतलाई राष्ट्रिय सम्वतको मान्यता प्रदान गर्दै घोषणा गरेको भए पनि व्यवहारमा कार्यान्वयन नहुनु दुःखद पक्ष रहेको बताए ।

डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा पद्मरत्न तुलाधरको संयोजकत्वमा नेपाल संवत सम्बन्धी अध्ययन र सुझाँव समिति समेत गठन भएको चर्चा गर्दै वक्ताहरुले समितिले तयार गरी बुझाइएको प्रतिवेदनमा इस्वी संवतलाई अन्तर्राष्ट्रिय संवतका रुपमा मान्ने, नेपाल सम्वतलाई व्यवहारिक बनाउने, विज्ञ सम्मिलित कार्यदल बनाउनुपर्नेलगायतका सुझाँव दिइएको भएपनि समितिको सुझाँव कार्यान्वयन नभएको वा प्रतिवेदन कहाँ छ ? यस विषयमा सवैले अनविज्ञता प्रकट पारेका थिए

तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले शंखधर शाख्वाले गरेको कामको कदर गर्दै २०५६ साल मंसिर २ गते वा नेपाल संवत ११२० कछला थ्व दशमीका अवसरमा उनलाई १४ औँ राष्ट्रिय विभूति घोषणा गरेको भएपनि सरकारले उनको योगदान र समाजमा गरेको कामको कदर स्वरुप सिक्का निष्काशन र हुलाक टिकट पनि छापेको सहभागीले बताए ।

समितिका अध्यक्ष कमल गुभाजुको सभापतित्व, सचिव उषा श्रेष्ठले सञ्चालन र मेचीनगर नगरपालिका वडानम्बर ६ का वडाअध्यक्ष ललितबहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेवा दबु देयका केन्द्रीय सदस्य सुन्दरी श्रेष्ठ मेचीनगर उपाध्यक्ष उदयकुमार श्रेष्ठ, आदिवासी जनजाति महासंघ समन्वय समिति मेचीनगरका अध्यक्ष राजु मर्हजन, कार्यक्रम संयोजक प्रल्हाद श्रेष्ठ, पत्रकार लक्ष्मी उप्रेतीलेलगायतले बोलेका थिए । कार्यक्रम पश्चात लाखे नाचसहितको र्यालीले बजारको परिक्रमा गरेको थियो । कार्यक्रममा लामो समयदेखि भिमसेन मन्दिरमा पूजा पाठ गर्दै आएका पण्डित विष्णुभक्त तिम्सिनालाई सम्मान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *