Sajhamanch Archive

पाञ्चायान भद्रकाली ग्रामथामा दर्जनौ सम्मानित

Published: in विविधा by .

मेचीनगर । मेचीनगर नगरपालिकाका निमित्त नगरप्रमुख मिना पोखरेल उप्रेतीले हरेकले एक अर्काको धर्म, संस्कृति र रितीरिवाजको सम्मान गर्नु पर्नेमा जोड दिएकी छन् ।

झापाको मेचीनगर—१० स्थित पाञ्चायान भद्रकाली ग्रामथानले आयोजना गरेको ४८ घण्टे अखण्ड किर्तनको समापनका अवसरमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दै निमित्त प्रमुख उप्रेतीले उक्त कुरामा जोड दिएकी हुन् ।

उनले धर्मले मानिसलाई अनुशासीत बनाउने भन्दै यो ग्रामथान नगरकै सम्पति भएको विचार रारिखन । यसलाई कुनै एक जातीय समुदायहरुको मात्र नभई सवैको हो भन्ने सन्देश छर्न पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरिन् । स्थानीय सरकारको हैसियतले यो ग्रामथानसहित नगरमा रहेका हरेक मठ मन्दिरहरुको उन्नति प्रगति र थप विकासका लागि आवश्यक सहयोग गर्ने उहाँले प्रतिवद्धता समेत व्यक्त गरेकी थिइन् ।

ग्रामथानका अध्यक्ष हिर्दय राजवंशीले सभापतिको आसनबाट ग्रामथानको विगत वर्तमान र भविष्ष्यका बारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा ग्रामथानको उन्नति प्रगति र विकाससहित ४८ घण्टे अखण्ड किर्तनमा तन मन र धनले सक्रियतापूर्वक सहयोग गरेको भन्र्दै त्यसको उचित मुल्याकंनसहित दर्जनबढीलाई सम्मान गरिएको थियो ।

प्रमुख अतिथि उप्रेतीले सम्मानित सवैलाई सम्मान पत्र प्रदान गरेकी थिइन् । सचिव वलराम चिमरियाले सञ्चालन गरेको कार्यक्रममा नेपालसहित भारतका विभिन्न स्थानबाट भक्तजनको सहभागिता रहेको थियो भने उपाध्यक्ष भिसोदा कट्वाल बुडाथोकीलगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *