Sajhamanch Archive

कांग्रेसभित्र फेरि किचलो

Published: in मिडियाबाट साभार by .

काठमाडौं ।  विधि र प्रक्रियालाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले उपसभापतिमा विजयकुमार गच्छादारलाई मनोनित गरेको भन्दै कांग्रेसभित्र फेरि किचलो शुरु भएको छ ।

गत निर्वाचनमा तत्कालीन नेपाल लोकतन्त्रिक फोरमसाग पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयन गर्न उपसभापतिमा गच्छादारलाई मनोनित गरे पनि सभापतिले विधि र प्रक्रिया मिचेको भन्दै आलोचना शुरु भएको छ ।

कांग्रेस विधानमा एक जना मात्र उपसभापति रहने व्यवस्था छ ।

विधानमा भएको व्यवस्थाविपरीत काम गर्दा केन्द्रीय समितिले बाधा अड्काउ फुकाउन उक्त व्यवस्था निलम्बन गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै केन्द्रीय सदस्यहरुले सभापतिको आलोचना गरेका छन् ।

नेपाल समाचार पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *