Sajhamanch Archive

हाइप्रोफाइल यी पाँच व्यक्तिहरू रंगेहात पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर । मोरङका चर्चित उद्योगीहरू जुवाको खालबाट पक्राउ परेका छन् । पक्राउ परेका उद्योगीहरूको साथबाट रकम पनि बरामद भएको छ ।

विराटनगर महानगरपालिका–२ बस्ने चम्पालाल राठीको गोदामघरमा तास खेल्दै गरेका ५ उद्योगीलाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको जनाएको छ ।

गोदाम घरधनी राठीसँगै सहित विराटनगर–५ का विराटनगर–३ का ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विराटनगर–७ का ५१ वर्षीय विमल अग्रवाल, ५० वर्षीय जीवन रिजाल र ३८ वर्षीय हंशराज जैन पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी मनोजकुमार केसीका अनुसार मोरङको बूढीगंगा गाउँपालिका–१ गंगाचोकबाट पाँचै जनालाई पक्राउ गरेको हो ।

जुवाको खालबाट एक लाख ९० हजार १ सय ४० रुपैयाँ नगद र १७ बुक तास पनि बरामद गरेको केसीले जनाएका छन् ।

पक्राउ परेका अभियुक्तहरूलाई कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *