Sajhamanch Archive

भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको निधन

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । भारतका केन्द्रीय मन्त्री अनन्तकुमारको ५९ वर्षको उमेरमा निधन भएको छ ।

बैंगलुरुस्थित एक निजी अस्पतालमा उपचारको क्रममा मन्त्री अनन्तकुमारको निधन भएको हो । संसदीय कार्य मन्त्री अनन्त कुमार क्यान्सर रोगबाट पीडितहुनुहुन्थ्यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अनन्त कुमारको निधनमा शोक व्यक्त गर्नुभएको छ  । मोदीले अनन्त कुमारले केही मन्त्रालय सम्हालेको र भाजपा संगठनको ठूलो पूँजी रहेको बताउँदै शोक व्यक्त गर्नुभएको हो  ।

अनन्त कुमार सन् २०१४ मा केमिकल्स एण्ड फर्टिलाइजर मन्त्री थिए । सन् २०१६ मा संसदीय मामिला मन्त्री पनि बने । उनी १९९६ मा बैंगलुरु दक्षिणबाट लोकसभा सदस्य बनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *