Sajhamanch Archive

नेपाल भ्रमणमा आएकी मलेसियन नागरिकको सोलुखुम्बुमा मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

नेपाल भ्रमणमा आएकी मलेसियन नागरिकको सुतेकै ठाउँमा मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ दिङबुचेमा १ वङ्ग वेन डी नाम भएकी उनको मृत्यु भएको हो ।

४३ वर्षीया उनको एक होटलमा सुतेकै ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । गत आइतबार बिहान ११ बजेको समयमा भ्रमणको लागि ४ जनाको समूहमा सोलु पुगेका उनीहरु दिङबुचेस्थित गुडलक होटलमा बास बसेकोमा उनी सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेकी थिईन् ।

घटनाको जानकारी पाउनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय सोलुबाट प्रहरीको टोली खटि गई कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमार्टमको लागि सोमबार बिहान हेलिद्वारा शिक्षण अस्पताल काठमाण्डौ पठाईएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *