Sajhamanch Archive

विद्युत सर्ट भई आगलागी ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति

Published: in समाज by .

सुनसरी ।  विद्युत सर्ट भएर गएराति धरान उपमहानगरपालिका– ५ कुलुङ चोक नजिकै आगलागी हुँदा स्थानीय वीरबहादुर राईको घर जलेर नष्ट भएको छ । राईको काठको एकतले घर जलेको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब ५ पाचलाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । आगो नियन्त्रणका लागि धरान उपमहानगरपालिकाको दुई वटा दमकल प्रयोग गरिएको थियो । अागलागीपछि राई परिवारको बिचल्ली भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *