विर्तामोडमा छठ पुजाको तयारी पुरा
Published: (Updated: )
by .
बिर्तामोड । झापामा छठ पर्व भव्य रुपमा मनाउँने तयारी पुरा भएको छ । बिर्तामोड, चारपाने, लक्ष्मिपुर र दुर्गापुरमा ३६० वटा पुजा घाटहरुको निर्माण गरी छठ पुजा गर्ने व्यवस्था मिलाइएको पत्रकार सम्मेलन गरी छठ पुजा समितिले जानकारी गराएको हो ।
कात्तिक २७ गते दिउँसो २ बजेबाट हुने छठ पुजाको उद्घाटन प्रदेश नं १ का अर्थमन्त्री माननीय इन्द्रबहादुर आङ्बो मौसमले गर्ने भएका छन् ।
पुजा सन्चालनमा एउटा घाटमा दुईदेखि ३ परिवार सम्मले पुजा गर्न सकिने छठ समाज सेवा समिति अध्यक्ष घनश्याम चौधरीले बताए । वि.सं. २०४६ सालमा स्थापना गरीएको छठ समाज सेवा समितिले निरन्तर रुपमा बिर्तामोडको अदुुवाखोला पच्चिममा पुजा गर्दै आएपनि मानिसको अत्यधिक चापका कारण केही वर्ष अघिदेखि चार स्थानमा पुजा घाट निर्माण गरी पुजा सञ्चालन गरिएको संस्थाकी महिला उपाध्यक्ष संगीता रौनियारले जानकारी दिइन् ।
छठ पुजा समितिले सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यलयसँग र स्वास्थ्यलाई मध्य नजर गर्दै कन्चनजंघा अस्पतालनसँग समन्वय गरेको बताए ।
समितिले पुजालाई सन्चालनका लागि ९ वटा उपसिमतिहरु निर्माण गरेर आवश्यक रुपमा स्वयमसेबक परिचालन गरिएको संस्थाका महासचिव कुमार शाहले जानकारी दिए ।
झापाका कमल, कनकाई, विरिङ्ग, अदुवा लगायतका नदिका किनारमा छठ पुजा मनाउने तयारी भएको छ ।
पुजा समाहरोमा मैथिलि ,राजवंशी ,मुसलमान, माडवाडि आदि समुदायले सुर्यको आर्धना गरी बिधि पुर्वक रातभर जागराम बसेर भजन किर्तन गाउँदै पुजा गर्ने चलन रहेको छ ।
Comments