Sajhamanch Archive

सरकारले मुलुकभर लगाइएको दोहोर कर हटाउने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडाैं । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुई वटा स्वागतयोग्य निर्णय गरेको छ । सरकारले मुलुकभर लगाइएको दोहोर कर हटाउने निर्णय गरेको छ ।

स्थानीय तह निर्वाचन सम्पन्न भएर स्थानीय तहका सरकारहरुले संविधान बमोजिम दोहोरो कर उठाउन थालेपछि सरकारको चौतर्फी अलोचना भएको थियो ।

यता केन्द्रीय तहका सरकारी निकायहरुले पनि प्रचलन अनुसार लिँदै आएको करलाई जारी राखेका थिए । यसरी संघीय र स्थानीय गरी दुई तहका सरकारलाई कर बुझाउँदा जनता दोहोरो करको मारमा परेका थिए ।

त्यस्तै मन्त्रिपरिषद् बैठकले कर्मचारी समायोजनका लागि लोकसेवा आयोगलाई पत्र लेख्ने निर्णय गरेको छ ।

स्थानीय तह सरकार र प्रदेश सरकार अन्तर्गतका प्रशाशनिक निकायमा कर्मचारीहरु जान नमानेपछि आइतबारको मन्त्रिपरिषद बैठकले लोकसेवा आयोगसँग सहयोग माग्ने निर्णय गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *