Sajhamanch Archive

दमकमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

दमक । झापाको दमकमा मंगलबार कारको ठक्करबाट एक पैदलयात्री महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा खोटाङ साकेला गाँउपालिका–४ का ५५ वर्षीया सीतामाया खड्का रहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक नगरपालिका–४ सडकखण्डमा बाटो काट्ने क्रममा पूर्वबाट आउँदै गरेको बा १७ च ८१७२ नं को कारले खड्कालाई ठक्कर दिएको प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले बताए ।

खड्का दमक–९ मा बस्दै आएकी थिइन्। ठक्करबाट सख्त घाइते खड्काको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *