Sajhamanch Archive

एल्जिना हत्या प्रकरण : पक्राउ परेका पाँच जनाको नाम सार्वजनिक

Published: in समाज by .

उदयपुर । रौतामाई गाउँपालिका वडा नम्बर ३ की १२ वर्षीया बालिका एल्जिना खड्काको बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उज्यालो

हत्याको अनुसन्धानका लागि शंकास्पद भन्दै प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वको टोलीले स्थानीय पाँच युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रौतामाई गाउँपालिका वडा नम्बर ३ का नवीन कार्की, श्रवण कार्की, बेदकुमार कार्की, रविन राई र रुजन राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ ।

गएको शनिबार दिउँसो २ बजे बाख्रा चराउनका लागि गएकी बालिका आइतबार दिउँसो नजिकैको खरवारीमा मृत भेटिएकी थिइन् । वडाध्यक्षसमेत रहेका ठूलोबुवा दुर्गाराज खड्काका अनुसार बालिकाको कुर्ता सुरुवाल च्यातिएको, मलद्वार च्यातिएको, घाँटीमा चिथोरेका, मुखमा न्याप्किन पेपर कोचेका र शरीरभरि निलडाम छ ।

एल्जिनाको शव परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लगिएको छ ।

एल्जिनाको परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएको उदयपुर प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले बताउनुभयो ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *