Sajhamanch Archive

परिवार सँगै छठ मनाउन गएकी बालिकाको ट्याक्टरले किचेर मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । झापाको भद्रपुरमा छठ मनाउन नदि तर्फ गइरहेकी एक बालिकाको ट्याक्टरले किचेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ की राखी यादवकी  ६ वर्षीय छोरी शसी यादव रहेको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए ।

मेची नदीमा परिवारसँग छठ मनाउनका लागि राशीसहित उनको परिवार मे १ त ५२३२ नम्बरको ट्याक्टर चढेर पूजा स्थलतर्फ गइरहेको थियो । ट्याक्टरको अगाडि पट्टिका सिटमा बसेकी राशी टयाक्टरबाट खसेपछि उनलाई टयाक्टरको अगाडिको चक्काले किचेको थियो । मेची पुलमाथिको घुमाउरोबाट राशी लडेको घटनास्थलका प्रत्यक्षदर्शीको भनाई छ ।

यता टयाक्टरले किचेर गम्भीर घाइते भएका उनको मेची अञ्चल अस्पताल भद्रपुरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताए । प्रहरीले ट्याक्टर चालक बन्धन उराउलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले मेची पुलमाथि पैदलयात्रीबाहेक दुई पाङ्ग्रेसहित अन्य कुनै पनि सवारी चढ्न नदिने सुरक्षा योजना बनाए पनि नदीबाट ट्याक्टर जान नसक्ने भएपछि ट्याक्टर चालकले जबरजस्तीले पुलमाथिबाट ट्याक्टर लैजान खोज्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *