Sajhamanch Archive

मधुमेहले दृष्टि गुम्ला है !

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । विश्वभर मधुमेह रोगीको संख्या बढिरहेको सन्दर्भमा नेपालमा पनि विगत दश बर्षयता मधुमेह रोगीको संख्या तीव्र रुपमा बढिरहेको छ ।

मधुमेह रोगलाई समयमै नियन्त्रण नगरेमा मिर्गौला, खुट्टामा हानि पुर्याउँछ भने कलिलै उमेरमा आँखाको ज्योती गुम्ने पनि हुन सक्छ ।

यसैले आँखा रोग विशेषज्ञहरुले मधुमेहका रोगीलाई समयमै सचेत हुन आग्रह गरेका छन् ।

मंगलबार विश्व मधुमेह दिवसको अवसरमा आयोजित कार्यक्रममा तिलगंगा अस्पतालले मधुमेह रोगीलाई बेलैमा आफ्नो आँखाको परीक्षण गर्न सुझाएका छन् ।

चिकित्सकका अनुसार मधुमेह बढेमा आँखाको दृष्टि पर्दाको नसामा असर गर्छ ।

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *