Sajhamanch Archive

अझै आउँछ महाकवि देवकोटाको नाममा बिजुलीको बिल

Published: in मिडियाबाट साभार by .

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो।

तर, उनको नाममा बिजुली महसुल तिर्न अझै बाँकी छ– एक हजार ७०० रुपैयाँ! काठमाडौं मैतीदेवीमा रहेको महाकविको घर ०७२ सालको भूकम्पले जीर्ण बनाइसकेको छ। त्यहाँ कोही बस्दैन। प्रधानमन्त्री केपी ओलीले उनको घरलाई संग्रहालय बनाउने घोषणा पनि गरिसकेका छन्। तर, बिजुली र खानेपानीको बिल अहिले पनि उनकै नाममा आउँछ।

उनको ग्राहक नम्बर ००३.०६.२०२५ रहेको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन्। देवकोटाको घरमा बत्ती भने बल्दैन। बाहिरबाट हेर्दा सग्लो देखिए पनि भित्र घर भताभुंग भइसकेको छ। दशकौँ बित्दा पनि उनको परिवारले विद्युत् ग्राहक नम्बर नामसारी गरेको छैन। घरमा कोही नबस्दा पनि बिजुलीको बिल उठेकोमा परिवार दिक्क भएको छ।

महाकविकी माइली छोरी अम्बिका रिमालले भनिन्, ‘बत्ती बल्दैन तर प्राधिकरणले हरेक महिना महसुल बिल पठाउने गरेको छ।’ रिमालका अनुसार भूकम्प अघिसम्म परिवारले महसुल तिर्दै आएको थियो। मान्छे बस्न छाडेपछि भने बक्यौता तिरिएको छैन। पटकपटक भन्दा समेत बिजुलीको लाइन नकाटिएको परिवारको गुनासो  छ। परिवारले नामसारी नगर्दा र प्राधिकरणले विद्युत् नकाट्दा नेपाली साहित्यका धरोहरको नाममा हरेक महिना बिल उठ्ने गरेको हो।
अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *