Sajhamanch Archive

उदाउँदो सूर्यलाई अर्घ दिएर विदा भयो छठ पुजा

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

भद्रपुर । झापाका नदिहरुका किनारमा उदाउँदो सूर्यलाई अर्घ दिदैं हर्षोल्लासका साथ छठ पुजा सम्पन्न भएको छ । नेपाल तथा भारत गरी दुवै देशका व्रतालु तथा भक्तजनहरुले मेची नदीमा सामूहिक रुपमा सूर्यलाई अर्घ दिर्दै छठ पर्व मनाएका छन् ।

मेची नदी वारीपारी गरी करिब पाँच हजार पूजास्थल (घाट)मा पूजा सामग्री राखिएको थियो। व्रतालुहरूले गहुँ र चामलको पिठोले बनाएका विभिन्न प्रकारका परिकार चढाएर उदाउँदो सूर्यलाई अर्घ्य दिएका थिए। यहाँ मधेशी समुदायबाहेक अहिले नेपाली, मारबाडी, बंगाली, राजवंशी लगायतका समुदायसहित मधेशी समुदायका भारतीय नागरिकले पनि छठ पर्व मनाएका छन्।

मेची नदीको छठलाई जनकपुरपछिको दोस्रो स्थान मानिएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए। मेची नदीमा यो वर्ष करिब एक लाख भक्तजनको सहभागिता रहेको भद्रपुर नगरपालिका ५ का वडाध्यक्ष बन्धु कार्कीले बताए ।

त्यस्तै झापा निन्दा, अदुवा, विरिङ्ग, कनकाई, रतुवा लगायतका नदि तथा खोलाहरुमा उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पुजाको विदाई गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *