Sajhamanch Archive

यसकारण बर्खास्तीमा परेका रहेछन् मन्त्री सोडारी, यस्तो छ भित्री कथा

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । सोमबार बिहान । मुख्यमन्त्री त्रिलोचन भट्ट एकाएक काठमाडौं आइपुगे । उनीलाई प्रधानमन्त्री कार्यालयबाट बोलाहट आएको थियो ।

प्रसङ्ग थियो– सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध परेका उजुरी ।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्री दीर्घ सोडारीविरुद्ध नैतिक र पदीय आचरणसँग जोडिएका उजुरी आएपछि उनीलाई मन्त्रीपदबाट हटाउन पार्टी अध्यक्षसमक्ष उजुरी परेको थियो । विशेष श्रोतका अनुसार, सोमबार बिहान काठमाडौं आएका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीले यस विषयमा गम्भीर छलफल गरेका थिए ।नैतिक आचरणकै विषय जोडिइसकेपछि मन्त्री पदमा बसिराख्न उचित नहुने र यसले पार्टीलाई नै असर पर्न सक्ने प्रधानमन्त्रीको जिकिर थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षसँग भएको छलफलपछि मुख्यमन्त्री भट्ट आज मंगलबार बिहान धनगढी फर्किएका थिए ।धनगढी फर्केलगत्तै मुख्यमन्त्रीले आफ्नो टीम तथा प्रदेश इन्चार्ज भीम रावललगायतसँग यसविषयमा छलफल गरेको श्रोतले जनायो । राजनीतिकरुपमा भीम रावलका निकट मानिन्छन् बर्खास्त भएका मन्त्री दीर्घ सोडारी । स्रोतका अनुसार, उनको नाम एकजना महिलासँग जोडिएर उजुरी परेको थियो । योसँगै मन्त्री भइसकेपछि आर्थिक अनुशासनमा बस्न नसकेको समेत उनीमाथि आरोप आइलागेको थियो ।जिल्ला पनि एउटै । श्रोतका अनुसार, इन्चार्ज भीम रावललाई सोडारीको आचरणका बारेमा यसअघि पनि सूचना प्राप्त नभएको होइन । उनले सोडारीलाई सच्चिन समेत भनेका थिए । तर पर्टी अध्यक्ष तथा प्रधानमन्त्रीले नै यो विषयमा चासो लिएपछि नेता रावलले सहमति व्यक्त गरेका थिए ।नेता रावललगायतसँग छलफल गरेपछि मन्त्री दीर्घ सोडारीलाई बर्खास्त गर्ने र उनको स्थानमा कृष्ण सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको थियो ।

हाकाहाकी स्वभावका मन्त्री सोडारीविरुद्ध नैतिक तथा पदीय आचरण अनुरुप काम नगरेको भन्ने गम्भीर आरोप छ ।श्रोतका अनुसार, उनको नाम एकजना महिलासँग जोडिएर उजुरी परेको थियो । योसँगै मन्त्री भइसकेपछि आर्थिक अनुशासनमा बस्न नसकेको समेत उनीमाथि आरोप आइलागेको थियो ।केही दिनअघि राती मन्त्री सोडारीको गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा स्थानीयले पक्राउ गरेका थिए । त्यतिखेर उक्त गाडीमा मन्त्री भने नभएको कुरा सार्वजनिक गरिएको थियो ।नैतिकताविहिन काम गरेको भन्दै आज नै नेकपाको प्रदेशस्तरको बैठकले सोडारीलाई कम्युनिष्ट पार्टीको साधारण सदस्य समेत नरहने गरी कार्वाही गरेको छ ।“उनीमाथि पदीय आचरण पालना नगरेको कारण कार्वाही गरिएको हो ।”

बैठकमा सहभागी एक नेताले भने । अहिले उनी अनिश्चितकालिन कार्वाहीमा परेका छन् ।श्रोतले भन्यो, “चानचुने विषयमा यति ठूलो निर्णय हुँदैन । मन्त्रीबाट हटाउनु र पार्टी सदस्यता नै नरहने गरी कार्वाही गरेबाट उनले गम्भीर गल्ती गरेको पुष्टि भएको छ ।बजारमा उनको आचरणसँग जे जस्ता हल्ला छन् त्यसलाई प्रमाणित गरेको छ ।” मन्त्री सोडारीले भने आफू गुटबन्दीको शिकार भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन् । तर गुटबन्दीका कारण पदबाट कार्वाही गरेको स्वभाविक लागेपनि पार्टी सदस्यताबाटै कार्वाही हुनुबाट भने उनको तर्क दमदार देखिँदैन ।पार्टी सदस्यताबाटै कार्वाही गरिएको यो घटनाले सुदूरपश्चिम प्रदेशमा संगठनभित्रको अराजक प्रवृत्तिमा अंकुश लाग्ने टिप्पणी समेत यतिखेर गरिएको छ ।

खबरडबली बाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *