Sajhamanch Archive

श्रमिकलाई पेन्सन, अर्को वर्षदेखि सामाजिक सुरक्षा योजना कार्यान्वयन

Published: in मिडियाबाट साभार by .

काठमाडौं  । श्रम ऐन लागू भएको संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निबृत्तिभरण (पेन्सन) पाउने भएका छन् ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ को मस्यौदामा वृद्ध अवस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्त रकमबाट पेन्सन दिने व्यवस्था गरिएको छ ।

पेन्सन योजना २०७६ साल साउन १ गतेपछि कुनै पनि रोजगारदातासँग रोजगार सम्बन्ध कायम भएका श्रमिकहरुको हकमा लागू हुनेछ ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले मस्यौदाले अन्तिम रुप पाउन लागेको र मंसिरभित्र सार्वजनिक गरिने बताए ।

–नागरिक दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *