Sajhamanch Archive

उच्च रक्तचापबाट बच्ने उपाय

Published: in स्वास्थ्य by .

हामी सबैले सुन्दै आइरहेको एक विचारणीय रोग उच्च रक्तचाप पनि हो । यस रोगबाट धेरै व्यक्तिलाई पीडित रहेको अवस्था छ । अहिले संसारमा सर्ने रोगहरू जुन किटाणु वा परजीवीबाट सर्छन्, त्यस्ता रोग बिस्तारै कम हुँदै गइरहेको पाइन्छ । तर नसर्ने रोग जुन किटाणु वा विषाणुबाट हुँदैनन् र त्यस्ता रोग शरीरमा स्वतः उत्पन्न भई दीर्घकालीन रूपमा असर पुर्याउने गर्छन् र शरीरलाई दुःख दिने गर्छन् ती रोगका समस्या अहिलेको विकसित वा भनौं आधुनिक युगमा बढी मात्रामा देखापरिरहेका छन् । यी रोगमध्येकै एक रोग हो उच्च रक्तचाप ।

उच्च रक्तचाप
उच्च रक्तचाप मुटु तथा रक्तनलीसम्बन्धी दीर्घकालीन रोग हो । मुटु हाम्रो शरीरको असाध्यै महत्वपूर्ण अङ्ग हो । गर्भावस्थादेखि नै क्रियाशील भई मानिसको अस्तित्व रहुञ्जेलसम्म निरन्तर चलिरहन्छ । शरीरमा यसले निकै सक्रियताकासाथ काम गरिरहेको हुन्छ ।
मुटुको काम गर्ने क्रममा गडबडी भयो भने सारा प्रक्रिया अबरूद्ध भई मृत्युसमेत हुनसक्छ । त्यही महत्वपूर्ण अङ्ग मुटुमा लाग्ने वा मुटु र रक्तनलीहरूमा लाग्ने रोगहरू विभिन्न किसिम मध्येको एक हो उच्च रक्तचाप ।

वास्तवमा रक्तचाप भन्नाले रगतले रगतका नलीहरूमा दिने चाप हो । मुटुले रगत पम्प गरी शरीरका विभिन्न भागमा पु¥याउने क्रममा रगतका नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ । त्यही चाप नै रक्तचाप हो ।

रक्तचाप कहिले बढी र कहिले कम भइरहन्छ । यो एकनासको रहँदैन । उच्च रक्तचाप भएमा उच्च रक्तचापले लामो समयसम्म मुटुमा र रक्तनलीमा धक्का दिइरहने भएकाले मुटुलाई नकरात्मक असर पुर्याई विभिन्न खालका स्वास्थ्य समस्या देखिन सक्छ । कहिलेकाहीँ मुटुमा स्ट्रोक गराई मृत्यु पनि हुनसक्छ ।

उच्च रक्तचापलाई ढिलो गरी मार्ने रोग ‘साइलेन्ट किल्लर’ पनि भनिन्छ । यो रोग लागेमा धेरैजसो व्यक्तिमा कुनै लक्षण देखापर्दैनन् तर शरीरमा निकै असर पुर्याइरहेको हुन्छ । कुनै पनि खतराका सङ्केत नदेखिई एक्कासि अकल्पनीय क्षति हुन सक्छ र मानिसको मृत्यु हुनसक्छ ।

मुटुले रक्तनलीमा दिने रक्तचाप सामान्यतया दुई किसिमको हुन्छ । ती हुन् ः माथिल्लो वा सुरुको रक्तचाप ‘सिस्टोलिक ब्लड प्रेसर’  र अन्तिमको वा तल्लो रक्तचाप ‘डाइस्टोलिक ब्लड प्रेसर’ । यी दुवै किसिमका रक्तचाप सामान्य भएमा वा रक्तनलीमा रगतले दिने चाप सामान्य अवस्थामा रहेमा कुनै समस्या हुँदैन र जीवनयापन सामान्य अवस्थामै चलिरहेको हुन्छ ।

मानिसको सामान्य रक्तचाप पारो भएको यन्त्र स्फिग्नोम्यानोमिटरले मापन गर्दा १०० देखि १४० सम्म माथिल्लो र ६० देखि ९० सम्म तल्लो चाप हुन्छ भनेर विश्व स्वास्थ्य सङ्गठनले भनेको छ । तैपनि धेरैजसो आदर्श रक्तचाप चाहिँ १२० माथिल्लो र ८० तल्लो रक्तचाप नै हो । तर कहिलेकाहीँ विभिन्न खालका असामान्य परिस्थितिहरू आई रक्तचापमा गडबड हुनसक्छ ।

रक्तचाप गडबड हुनासाथ वा उच्च भइरहनासाथ रक्तनली, मुटु, मस्तिष्क, मिर्गौला र आँखा जस्ता अङ्गहरूमा बढी असर गराई अङ्ग खराब गराउन सक्छ । निम्न दुई किसिमले रक्तचापमा गडबडी हुन्छ । ती हुन्

१। उच्च रक्तचाप
रगतले रक्तनलीमा दिने चाप सामान्यभन्दा बढी मात्रामा भयो भने त्यस्तो अवस्थालाई उच्च रक्तचाप भनिन्छ । यस्तो बेलामा सुरुको सिस्टोलिक र अन्त्यको डाइस्टोलिक रक्तचाप दुवै प्रायः बढी नै हुन्छ । कहिलेकाहीँ कुनै एउटा मात्र पनि बढी भएको हुनसक्छ ।
सामान्यतया उच्च रक्तचाप हुँदा उमेर, खानपान र तौल अनुसार फरक फरक हुने भए पनि औसत व्यक्तिहरूमा १४० भन्दा माथि माथिल्लो चाप र ९० भन्दा माथि तलको चाप भएमा त्यसलाई उच्च रक्तचाप मानिन्छ । यही अवस्थालाई नै हामीले उच्च रक्तचाप भएको भनी निकै सतर्कता अपनाउनुपर्ने भन्ने गर्छौं ।

२। न्यून रक्तचाप
उच्च रक्तचापको ठीकविपरीत अर्थलाई न्यून रक्तचाप भनिन्छ । यदि सुरुको चाप सिस्टोलिक  १०० भन्दा कम र अन्त्यको चाप डाइस्टोलिक ६० भन्दा कम भएको अवस्था छ भने त्यसलाई न्यून रक्तचापको समस्या भनिन्छ ।
यो पनि समस्या नै हो तर उच्च रक्तचापको तुलनामा न्यून रक्तचापलाई धेरै महत्व दिइएको पाइँदैन ।

उच्च रक्तचाप किन हुन्छ
वैज्ञानिकहरूले यस्तो भन्न नसकिने अवस्थालाई खास कारण थाहा नभएको ‘इडियोपेथिक’ भन्छन् । रक्तचाप उच्च हुनुलाई मोटर पम्पले फालेको पानीको प्रेसरसँग तुलना गर्न सकिन्छ । पानीको मात्रा जति छ त्यही अनुसारको पाइप जोडेर अन्यत्र लगेमा स्थितिमा केही नहुने तर पाइपको व्यास वा मोटाइ कम हुने र पानीको मात्रा वा प्रेसर उत्ति नै छ भने त अवश्य पनि पाइपमा झन् बढी दबाब हुन्छ । प्रेसर बढी भएमा अन्त्यमा पाइप नै फुट्न सक्ने वा मोटर पम्पमा क्षति पुग्ने अवस्था पनि आउनसक्छ । ठीक त्यसैगरी हामीले मुटुलाई मोटर पम्प र मुटुबाट शरीरभर फैलने रक्त नलीहरूलाई पाइप जस्तै मान्ने हो भने कारणवश मुटुको रगत फ्याँक्ने काम बढी तीव्रताका साथ हुनु वा रगतका नलीहरू कडा हुनु वा साँघुरो हुनु पर्ने अवस्था आउँछ । यही नै उच्च रक्तचापको कारण हो । यीबाहेक उच्च रक्तचाप हुने मुख्य कारणहरू यसप्रकार छन् ।

(    मुटु वा रक्तनलीसम्बन्धी विभिन्न खालका रोग लागेर,
(    रक्तनलीहरू कडा भएर वा रक्तनलीहरू साँघुरो हुने समस्या भएर,
(    रक्तनलीभित्र बोसो पदार्थ वा कोलेस्टेरोल भरिएर साँघुरो भएर,
(    रक्तसञ्चार प्रणालीले अनावश्यक विकार पदार्थहरू शरीरबाट फ्याँक्न नसकेर,
(    खानामा नुन, चिल्लो पदार्थ वा मसलादार खानाको बढी प्रयोग गरेर,
(    खानामा हरिया सागपात वा फलफूल नखाने बानी भएर,
(    चिल्लो, नुनिलो र मसालेदार खाना बढी खाने तर शारीरिक व्यायाम नगर्ने बानी भएर,
(    धूमपान तथा सुर्ती सेवन गरेर,
(    नियमित रूपमा बढी मात्रामा मद्यपान सेवन गरेर र चिया कफी बढी पिउने बानी भएर,
(    मोटोपन बढी भएर र उमेर ४० कट्न थालेपछि शारीरिक संरचनामै परिवर्तन आउने भएर,
(    निद्रा नपर्ने समस्या भएर वा निदाउन नपाएर,
(    मुटुसम्बन्धी रोगको समयमै उपचार नगरी जटिलतामा पुगेर,
(    हर्मोनसम्बन्धी गडबडका समस्याहरू भएर,
(    कुनै औषधीहरूको नियमित सेवन गरेर जस्तैः परिवार नियोजनको पिल्स् चक्की नियमित खाने, दुखाइ कम गर्ने औषधीहरू नियमित खाने, लागू औषधहरू खाने, मस्तिष्कसँग सम्बन्धित औषधीहरूको नियमित सेवन गर्ने आदि ।(    रगत क्यान्सर भएर,
(    फोक्सोको दीर्घकालीन रोग लागेर,
(    कहिलेकाहीँ दुर्घटनामा परेर चोट पटक लागेर,
(    मधुमेह रोग, निमोनिया र इन्फ्लुएन्जा रोग लागेर,
(    आत्महत्या गर्ने मनस्थिति भएर वा हत्या गर्ने सूचना पाएर,
(    मिर्गौला, कलेजो र रगतसँग सम्बन्धित अन्य रोगहरू लागेर,
(    रगतको कमी हुने रोग लागेर,
(    बढी चिन्ता वा तनावमा रहने र दैनिकी नै तनावयुक्त भएर,
(    ऐस आरामको जिन्दगी जिउने र शारीरिक व्यायाम नगरेर,
(    धुलो, धुवाँ, वातावरणीय प्रदूषण र बुढ्यौली लागेर,
(    वंशाणुगत रूपमा रोग सरेर आदि ।

उच्च रक्तचापका लक्षण
उच्च रक्तचाप वास्तवमा लक्षणविहीन हुन्छ । जम्मा उच्च रक्तचापका बिरामीमध्ये ९० प्रतिशतमा यो रोग लागे पनि कुनै लक्षण नदेखिन सक्छन् भने १० प्रतिशतमा मात्र लक्षण देखापर्छन् । त्यसकारण उच्च रक्तचापमा लक्षण देखिनु निकै भाग्यमानी हुनु हो । किनकि लक्षण देखिएमा हामी तुरून्तै उपचारका लागि जान्छौं । नियमित रूपमा उपचारमा रहने, मुख बार्ने, नियमित जाँच गराउने मौका पाउँछौं ।

शरीरमा थप नोक्सानी नभई उपचार गरी दीर्घजीवी हुनसकिन्छ । तर कुनै पनि लक्षण नदेखिने हो भने मानिसले रोगले गरेको खराबीको बारेमा कुनै पत्तो पाउँदैन । फलस्वरूप नियमित स्वास्थ्य परीक्षण नगराउने, खानपानमा कुनै सुधार नगर्ने र कुनै पनि औषधीमूलो गर्न लाग्दैनन् ।  आफ्नो ज्यान नै जोखिममा पार्न सक्छन् । त्यसकारण उच्च रक्तचापमा लक्षणहरू देखापर्नुलाई राम्रो मानिन्छ ।
उच्च रक्तचाप भए नभएको त्यतिबेला मात्र थाहा हुन्छ, जतिबेला व्यक्ति कुनै पनि स्वास्थ्य संस्थामा गई ब्लड प्रेसर जँचाउँछ । उच्च रक्तचाप भएमा देखापर्ने मुख्य लक्षण तथा चिन्हहरू यस प्रकार छन् ।
(    टाउको दुख्ने, चिडचिडाहट हुने वा पसिना आउने, वाकवाकी लाग्ने,
(    चक्कर लाग्ने, तिरमिर देखिने,
(    चिन्ता पर्ने, मुटुको ढुकढुकी र नाडीको गति बढ्ने,
(    सास फेर्न कठिन महसुस् हुने र शरीरभारी हुने,
(    निद्रा नपर्ने,
(    नाकबाट रक्तश्राव हुने, बेहोश हुने,
(    उभिन र बस्न नसकी लड्ने,
(    हात खुट्टा वा अनुहारमा पक्षाघात हुनसक्ने आदि ।
कहिलेकाहीँ उच्च रक्तचाप भएमा निकै खतरनाक जटिलताहरू पनि देखापर्न सक्छन् । यसको सुरूमै निदान गरी समयमै उपचार गर्न नसकिएमा बिरामीको अकस्मात मृत्यु पनि हुनसक्छ । उच्च रक्तचापका बिरामीमा हुनसक्ने ती जटिल अवस्थाहरू यस प्रकार छन् ।
(    कडा खालको छाती दुख्ने जसले गर्दा हर्ट अट्याक हुनसक्छ र बिरामीको तत्कालै मृत्यु पनि हुनसक्छ ।
(    मिर्गौला फेल भई मृत्यु हुनसक्छ ।
(    मस्तिष्कका ससाना रक्तनलीहरू फुटी मस्तिष्कमा रगत जम्न सक्छ ।
(    शरीरका अन्य भागहरूबाट पनि रक्तश्राव हुने, रगत जम्ने र गम्भीर समस्या देखापर्नसक्छ ।
(    कहिलेकाहीँ शरीरका कुनै अङ्गमा रक्तसञ्चालन हुन नसक्दा उक्त अङ्ग मर्छ र अङ्ग काटेर फाल्नुपर्ने हुनसक्छ ।
(    आँखामा असर गरी सदाका लागि अन्धो हुनसक्छ ।
(    श्रवणशक्ति नष्ट भई सदाका लागि बहिरो हुनसक्छ ।
(    पक्षाघात भई अपाङ्ग जीवन जिउनु पर्नसक्छ आदि ।

उच्च रक्तचापका निदान कसरी गर्ने रु
अधिकांश मुटुरोगका समस्या विश्वव्यापी रूपमा छन् । आधुनिक यान्त्रिकीकरणको युग र मानिसमा आएको गुणस्तरीय जीवनशैलीका कारण उच्च रक्तचाप जस्ता समस्याहरू आउने गरेका हुन् । समयसमयमा स्वास्थ्य परीक्षण नगर्ने हो भने जीवनको अन्त्य हुन सक्छ । उच्च रक्तचापका सम्भावित जोखिम पत्ता लगाउन निम्न परीक्षण गर्नुपर्छ ।
(    नियमित रूपमा ब्लड प्रेसरको जँचाउने ।
(    छातीको एक्स–रे गराउने ।
(     मुटुको एक्स रे ९ईसीजी० गराउने ।
(    मुटुको चालसम्बन्धी अध्ययन गर्ने वा टी।एम।टी। परीक्षण गराउने ।
(    रगतमा सुगर, क्रियटिनिन, युरिया तथा कोलेस्टेरोल नियमित रूपमा परीक्षण गर्ने ।

उच्च रक्तचाप भएलेमा
उच्च रक्तचाप भएमा रोकथामका विधिहरू छन् । विदेशीहरूले मुटुसम्बन्धी कुनै पनि समस्या नआओस् र दीर्घजीवन जिउन सकियोस् भनी ४० कटेपछि वा नियमित स्वास्थ्य परीक्षण गर्छन् । समस्या आउनासाथ रोकथामका उपायहरू अपनाउन थाल्छन् । तर हामीमा त्यसस्तो सतर्कता छैन । यो बारेमा बुझ्ने व्यक्तिले समेत लापरवाही गरेको पाइन्छ । यसको उपचारका विधि निम्न छन्
(    चिकित्सकको सल्लाहमा नियमित औषधी सेवन गर्ने । औषधी सेवन गर्नुअघि आफूलाई उच्च रक्तचाप भएको कारण पत्ता लगाउनुपर्छ ।
(     मिर्गौला, मुटु, प्याङ्क्रियाज, कलेजो, फोक्सो आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । त्यसबारे पत्ता लगाई ती अङ्गहरूको उपचार वा शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
(     मोटोपन, मधुमेह, कोलेस्टोरेलका कारण पनि उच्च रक्तचाप हुनसक्छ । यसलाई आवश्यक औषधी उपचार वा खाना बारेर र शारीरिक व्यायाम गरेर नियन्त्रण गर्न सकिन्छ ।

उच्च रक्तचापको समस्या रोकथाम
उच्च रक्तचाप धनी, गरिब, मोटा, पातला, बच्चा, बुढाबुढी, महिला, पुरूष सबैमा हुन सक्ने सम्भावना भएकोले निम्न उपाय अपनाउनुपर्छ ।

(    नुन उच्च रक्तचापका लागि सबैभन्दा खतरा हुन्छ । खानामा नुनको मात्रा कम राख्ने बानी गर्नुपर्छ । नुन कम गरेमा ५० प्रतिशत यो रोग र अन्य रोगको पनि निवारण हुनसक्छ । हामीलाई एक दिनमा जम्मा ६ ग्रामभन्दा पनि कम नुन भए पुग्छ ।
(    चिल्लो कम भएको, सन्तुुलित आहारयुक्त खाना खाने र त्यसमा प्रशस्त सागपात तथा फलफूल हुनुपर्छ ।
(    शारीरिक अभ्यास नियमित रूपमा गर्ने बानी बसाल्नुपर्छ । हप्तामा साढे दुई घण्टा साइकल चलाएर वा छिटो हिँडेर अभ्यास गर्नसकिन्छ । कडा खालको शारीरिक अभ्यास उच्च रक्तचापका बिरामीको लागि सिफारिस गरिँदैन । चिसोबाट बँच्नुपर्छ, धेरै चिसो पानीमा दिनहुँ ननुहाउने, चिसो याममा मर्निङ वा इभिनिङ हिँडाइ समेत राम्रो मानिदैन ।
(    चुरोट, सुर्ती वा जाँडरक्सीको सेवन गर्नुहुँदैन । एक हप्तामा १४ युनिटभन्दा बढी रक्सी खानुहुँदैन ।
(     तौल सामान्य राख्नुपर्छ र बढी तौल भएमा घटाइहाल्नुपर्छ ।
(    चिया, कफी वा कोकाकोला बढी खानुहुँदैन । एक दिनमा ४ कपभन्दा बढी चिया कफी खाएमा उच्च रक्तचाप हुनुसक्छ ।
(     प्रयेक दिन कम्तीमा पनि ६ देखि ८ घण्टा निदाउनुपर्छ । मनमा कुनै चिन्ता नलिने र आफूलाई सधैँ सक्रिय राख्ने गर्नुपर्छ ।
(    कुनै पनि रोगको समयमै निदान गरी उचित उपचार गरिहाल्नुपर्छ ।
(    नियमितरूपमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ तर औषधीले रोग निको भयो भनी बीचैमा औषधी छाड्नुहुँदैन ।
(    कतिपय औषधीका प्रतिअसरहरू पनि हुन्छन् । जस्तैः खोकी लाग्नु, टाउको दुख्नु, चक्कर लाग्नु, शरीरमा बिबिराहरू देखापर्नु, रूघा खोकी लागिरहनु, खुट्टा सुन्निनु, कब्जियत हुनु, बढी पिशाब लाग्नु, हातखुट्टा चिसो हुनु आदि । यस्ता असरहरू देखापरे पनि औषधी आफूखुशी छाड्नुहुँदैन । चिकित्सकले कुनै औषधी फेरबदल गर्ने वा डोज घटाउने बढाउने गरी उपचार गर्ने गर्छन् ।
यसरीमाथि उल्लेखित रोकथामका उपायहरू अपनाउनाले उच्च रक्तचाप त नियन्त्रणमा आउँछ नै, अन्य खालका रोगहरूलाई पनि फाइदा पुग्छ । अतः उच्च रोकथामका उपायहरू अपनाउन बेलैमा होशियारी अपनाऔँ । स्वस्थ रहौं, सुखी बनौं ।
संसारको पहिलो अन्डरवाटर होटल माल्दिभ्समा खुलेको छ । यहाँ बस्न चार रातको प्याकेज दुई लाख डलर अर्थात् दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ ।

यद्यपी, यहाँ एक रात बस्ने सुविधा नदिई पूरा प्याकेज लिन आवश्यक छ । समुन्द्रभित्र यो होटललाई मारदिभ्स रंगाली आइसल्याण्ड एण्ड रिसोर्टले बनाएको छ ।

दुई तल्ले होटलको माथिल्लो तल्ला पानी बाहिर छः

अण्डरवाटर होटलको बेडरुमको भित्ता सिसाले बनेको छ । जहाँबाट समुन्द्रको दृश्य देख्न सकिन्छ । समुन्द्रको १६ फिट गहिराइमा बनेको यो होटलमा प्राइभेट जिम, सेफ, बार र पूलजस्ता विलासी सुविधा उपलब्ध छन् । मुराकमा बस्नेहरुका लागि ९० मिनेटको मसाज र स्पिड बोटको सुविधा पनि रहेको छ ।

दुई तल्ले यो होटलको नाम ‘मुराका’ राखिएको छ । स्थानीय भाषामा यसको अर्थ हो समुन्द्री मुगा । मुराकाको माथिल्लो तल्लो पानी बाहिर बनेको छ जहाँको रिल्याक्सेशन डेकमा पाहुनाले मज्जाले घाम ताप्न सक्छन् ।

मुराकालाई बनाउँदा वातावरणको पूरा ख्याल राखिएको छ । यसमा स्टिल, ग्लास, एक्रेलिक र कंक्रिटको प्रयोग गरिएको छ । सिंगापुरमा यसलाई तयार गरेर विशेष जहाजबाट माल्दिभ्स ल्याएर समुन्द्रभित्र सेट गरियो । तीब्र छालबाट बचाउनका लागि यसलाई बलियो खम्बाले बाँधिएको छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *