Sajhamanch Archive

सिंगापुर पुलिसको भर्तीमा धाँधली भएको अरोप

Published: (Updated: ) in समाज by .

सुनसरी । ब्रिटिस गोर्खा र सिंगापुर पुलिस फोर्सको गत असोज ३ देखि २१ गतेसम्म धरानमा भएको छनौट प्रक्रियामा धाँधली भएको युवाहरुले आरोप लगाएका छन् ।

ताप्लेजुङ र तेह्रथुम जिल्ला यो वर्ष पुरै निल भएको र एउटै जिल्ला खोटाङबाट सिंगापुर र ब्रिटिसका लागि ३९ जना क्षेत्रीय छनौटमा परेपछि धाँधली भएको आरोप लगाएका हुन् ।

एउटै जिल्लाबाट यति धेरै क्षेत्रीय छनौट अस्वाभाविक भएको भन्दै सिंगापुरका लागि धाँधली भएको उनीहरुको दाबी छ । इन्टरनेटमा सार्वजनिक गरिएको क्षेत्रीय छनौटको परिणाम अनुसार यो वर्ष सिंगापुर पुलिस फोर्सको कोटा पूर्वका लागि सयजना र ब्रिटिस गोर्खाका लागि २ सय ९० जनाको नाम प्रकाशित भएको छ ।

ती मध्ये खोटाङबाट मात्र २० जना ब्रिटिसका लागि र १९ जना सिंगापुरका लागि क्षेत्रीय छनौटमा परेको भर्ती केन्द्रकै स्रोतले जनाएको छ ।सयजनाको कोटामा खोटाङबाट मात्र २२ जना छनौटमा परेपछि आर्थिक चलखेल भएको आशंका असन्तुष्ट युवाहरुले व्यक्त गरेका छन् ।

प्रत्येक वर्ष पूर्वका लागि धरानमा र पश्चिमका लागि पोखरामा ब्रिटिस गोर्खा सैनिक र सिंगापुर पुलिस फोर्स क्षेत्रीय स्तरमा छनौट प्रक्रिया हुने गरेको छ ।

तर यसपटको छनौट प्रक्रियामा पूर्वका लागि ब्रिटिस गोर्खा भर्तीमा समेत केही जिल्लाका उम्मेदवारहरुले असन्तुष्टी व्यक्त गरेका छन् ।

तेस्रो पटक भिडेका तेह्रथुमका कोमल सुब्बाले भने,‘यसपटक आर्थिक चलखेल नातावाद लागू भएको छ । माथिल्लो तहमा सम्पर्क नभएका तर योग्य उम्मेदवार पनि फेल पारिएका छन् । एउटै जिल्लाबाट यति धेरै कसरी पास भए रु’

सिंगापुरबाट आएका सेलेक्सन अफिसर नारायणध्वज राईले आफ्नो जिल्लाका २२ उम्मेद्वारलाई क्षेत्रीय छनौट प्रक्रियामा उत्तीर्ण गराएपछि असन्तुष्ट युवाहरुले धाँधली भएको आशंका उब्जिएको बताए ।

ब्रिटिस र सिंगापुर भर्ती बोर्डले जिल्लामा खटाएको गल्लाले आवश्यक कागजातको आधारमा छनौट गरेपछि क्षेत्रीय छनौटमा पठाउने गर्छ । धरानमा हुने क्षेत्रीय छनौटको शारिरिक, स्वास्थ्य परीक्षण, शैक्षिक र लिखित र मौखिक परीक्षामा मेरिट लिस्टको आधारमा इन्टरनेटमा परिणाम सार्वजनिक गर्ने गरिन्छ । इन्टरनेटमा नाम निस्केका उम्मेदवारहरुले पोखरामा अर्को प्रतिस्पर्धा गर्छन् ।

सिंगापुर पुलिस फोर्समा तेह्रथुमबाट पहिलोपटक भिडेका युवराज लिम्बू र ताप्लेजुङको फुङलिङ नगरपालिकाका सुवेहाङ लिम्बूले भने,‘फेल भएर गुनासो गरेको नभई गोर्खा भर्ती प्रक्रिया देखाउँदा पारदर्शी जस्तो भएपनि अपादर्शी पक्रिया यसपटक देखियो ।’

यसअघिका छनौटमा पूर्वका जिल्लाबाट समान रुपमा छनौट भएर पोखरामा प्रतिस्पर्धाका लागि पठाइने गरिन्थ्यो ।

सिंगापुरका लागि ताप्लेजुङ र तेह्रथुम शून्य भएको र एउटै जिल्ला खोटाङबाट ६६ जना छनौट भएकोप्रति पूर्वका पुराना अग्रज गल्लाले आफ्नो नाम नबताउने सर्तमा भने,‘यस्तो त कहिले पनि भएको थिएन । यसमा केही न केही गडबढ छ । यस्तो हुनै सक्दैन ।

’ उनले अरु जिल्लालाई शून्य बनाएर एउटा जिल्लाबाट मात्र धेरै जना छनौट गर्नु खराब छनौट प्रक्रियाको पहिलो इतिहास बनाएको आरोप लगाए ।
कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *