Sajhamanch Archive

कमल गाउँपालिकामा सामुदायिक प्रहरी गठन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

कमल । हर प्रहर, गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने नाराका साथ विहीबार झापाको कमल गाउँपालिका स्तरीय सामुदायिक प्रहरी पालिका समिति गठन गरिएको छ ।

शान्ति सुरक्षा नभएसम्म विकास सम्भव नहुने भएकाले नेपाल प्रहरीले केन्द्रिय स्तरदेखि गाउँपालिकासम्म सामुदायिक प्रहरी गठन गर्ने क्रममा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेको संयोजकमा २० सदस्य सामुदायिक प्रहरी पालिका गठन गरिएको हो ।

त्यसैगरी सह संयोजकमा गाउँपालिका उपाध्यक्ष वेणु सिवाकोटीलाई चयन गरिएको छ । समितिमा स्थानिय प्रहरी चौकीका प्रमुख सरकारी कार्यलयका प्रतिनिधी, सामाजिक संस्थाका प्रतिनिधी, महिला सन्जालका प्रतिनिधी, संचारकर्मी, जेष्ठ नागरिक, पुर्व प्रहरी, शिक्षक संगठन लगायतका प्रतिनिधी रहने व्यवस्था भए बमोजिम समिति गठन गरिएकोे ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमर थापाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *