Sajhamanch Archive

बेलायती चार मन्त्रीले दिए एकै साथ राजीनामा

Published: in राष्ट्रिय समाचार, by .

बेलायतको मन्त्रिपरिषद बैठकले युरोपेली संघ (ईयू) बाट अलग हुने प्रस्ताव अनुमोदन गरेको छ।

प्रधानमन्त्री थेरेसा मेले बेलायतको बहिर्गमनसम्बन्धी विस्तृत शर्तहरूबारे ईयूसँग भएको मस्यौदा सम्झौतालाई आफ्नो मन्त्रिपरिषद्ले अनुमोदन गरेको जानकारी दिएकी हुन्। मन्त्रिपरिषदमा नौ मन्त्रीहरूले भने सो प्रस्तावको विरोधमा मत राखेका थिए।

ब्रेक्जिटसम्बन्धी प्रस्तावमा असहमति जनाउँदै ब्रेक्जिटमन्त्री डोमिनिक राबले पदबाट राजीनामा दिएका छन्। यसअघिका गत जुलाईमा ब्रेक्जिटमन्त्री डेभिड डेभिसले राजीनामा दिएपछि राबलाई नियुक्त गरिएको थियो।

यस्तै कार्य तथा पेन्सनमन्त्री इस्टर मेभी तथा अन्य दुई कनिष्ठमन्त्री सुएल्ला ब्राभरम्यान र शैलेश भाराले पनि मस्यौदामा असहमति जनाउँदै पदबाट राजीनामा दिएका छन्। ब्रेक्जिटमन्त्री राब सम्झौताको मस्यौदामा असहमति जनाउने सबैभन्दा वरिष्ठ मन्त्री हुन्।

राबको राजीनामाले मन्त्रिपरिषद्का अन्य सदस्यलाई पनि राजीनामा दिने दबावबपर्नसक्ने र त्यसले प्रधानमन्त्री मेको मन्त्रिपरिषद् विभाजित बन्नसक्ने खतरा समेत औँल्याइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *