Sajhamanch Archive

बाघको आक्रमणबाट बालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

दमौली । बाघको आक्रमणबाट तनहुँको भानु नगरपालिका-४, जोखानीकी एक बालिकाको ज्यान गएको छ।

घरनजिकै खेल्दै गरेकी स्थानीय चार वर्षीया अस्मिता  लम्सालको उपचारका लागि ल्याउने क्रममा रत्नहरि अस्पताल दमौलीमा ज्यान गएको डीएसपी श्यामु अर्यालले जानकारी दिए।

प्रहरीका अनुसार उनको साँझ साढे ६ बजे ज्यान गएको हो।

बालिकाको शव पोस्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *