Sajhamanch Archive

‘बोके चौतारी’मार्फत् दर्शकको मन जित्दै श्रीकृष्ण लुईटेल !

Published: in टिप्स/जानकारी by .

केही गरी दर्शक तथा स्रोतामाझ सन्देश पस्कने सजिलो माध्यम बनेको छ युटुब । आफ्ना सिर्जनात्मक कार्यहरु भिडियोमार्फत देखाउँदै दर्शकलाई मनोरञ्जन मात्र नभएर समाजमा सन्देश दिन पनि युटुबले कलाकार एवं गायकहरुलाई सहज बनाएको छ ।

यस्तैमा राष्ट्रिय गायक श्रीकृष्ण लुईटेल ‘बोकेदारी’ पनि दर्शक स्रोतामाझ मनोरञ्जन र सामाजिक सन्देश दिन लागि परेका छन् । ‘ए बा किन्देउ न भटभटे’, बाँके बर्दिया, ‘मुखमा हान्नु जस्तो’, ‘सुनको सिक्री’ लगायत थुप्रै कमेडी तथा सन्देशमुलक हिट गीत दिएका उनी ‘बोके चौतारी’मार्फत् सन्देश छर्दैछन् ।

गायक लुईटेल कार्यक्रमले पूर्वमै रहेका हाँस्यव्यङ्ग्यमा पोख्त विभिन्न कलाकारहरुलाई समावेश गरी यो कार्यक्रम निर्माण गरिरहेका छन् । उनकै निर्देशन एवं कन्सेप्टमा तयार हुने यो कार्यक्रम साप्ताहिक रुपमा रिलिज हुन्छ । पर्शुराम रिजालको निर्माण रहने यस कार्यक्रम रामसर मिडिया हाउसको युटुब च्यानलबाट हरेक मंगलबार सार्वजनिक गर्ने गरिएको छ ।

उनीबाहेक यस कार्यक्रममा पूर्वमा हाँस्यव्यङ्ग्य क्षेत्रमा रुझेका कलाकारहरुको अभिनय रहन्छ । पूर्वका नक्कली धुर्मुस् भनेर चिनिने विमल ढुङ्गेल तथा पूवको माग्ने बुढो भनेर चिनिने कलाकार विक्रम धिमालका साथमा रोम घिमिरे, किरण सुनुवार, होम पी भट्टराई, कृष्ण सुवेदी, बोधराज पौडेल र केशव रिमाललगायतको अभिनय रहने यस कार्यक्रम हाँस्यव्यंग्य विधामा मात्र नभएर सन्देशमुलक बनेको छ ।

पूर्वाञ्चलका विभिन्न स्थानमा छायांकन गरी युटुबमा सार्वजनिक हुने यो कार्यक्रमलाई छायांकनको क्रममा कार्यक्रममा दर्शकदीर्घामा बस्ने दर्शक मात्र नभएर उनलाई युटुबमा खोजी खोजी हेर्ने दर्शकहरु छन् ।

कार्यक्रमका निर्देशक तथा गायक श्रीकृष्णले आफूले यस कार्यक्रममा राम्रो–राम्रो विषयवस्तु उठान गर्न खोजेको बताउँछन् । उनी भन्छन्, ‘मैले यस कार्यक्रममा समसामयिक विषयवस्तुको उठान गर्ने गरेको छु । कसैको कपी नभएको तरिकाको बनाउन म लागि परेको छु ।’

उनले केही भाग युटुबमै परीक्षण प्रशारण पनि गरे । तर, गत हप्तादेखि यस कार्यक्रम दर्शकमाझ फाइनल आउन थालेको छ । उनले पनि दर्शक स्रोताको प्रतिक्रियालाई शिरोपण गर्दै अब यो कार्यक्रम गत मंगलबारदेखि नियमित र फाइनल आउने बताए । उनले भने, ‘हामी कलाकारको गीतमार्फत् या कार्यक्रममार्फत् सन्दशे दिने कर्तव्य हो । मैंले विगत केही वर्ष गीतमार्फत् सन्देश दिए । तर, अब कार्यक्रममार्फ्त सन्देश दिन लागि परेको छु ।’

गत हप्ता उनले देउसीभैले गर्दै कार्यक्रमको सुरुआत गरेका थिए । लाइभ म्युजिकका साथमा छायांकन हुने सो कार्यक्रमलाई सुवास लिम्बू, गजेन्द्र पृथक, सन्तोष मगर, योगेश दाहाल, विलियमलगायतले खिच्छन् । यस्तै कार्यक्रममा जोन्ही तामाङ, सुन्दर सिंह र छोटुले लाइभ म्युजिक पस्किन्छन् । यस्तै कार्यक्रममा साउण्डको काम भने सुमन साउण्डले गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *