Sajhamanch Archive

एसपीएस सम्बन्धि समन्वय तथा अन्तरक्रिया

Published: in विविधा by .

मेचीनगर । एसपीएस सम्बन्धि एकदिने समन्वय तथा अन्तरक्रिया शुक्रबार झापाको काँकरभिट्टाको सम्पन्न भएको छ ।

विश्व व्यापार संगठनको सदस्यहरुबीच वस्तुहरुको आयात निर्यात गर्दा कुनै वैज्ञानिक आधार विना रोक लगाउन नपाइने, तर राष्ट्रले आ−आफ्नो राष्ट्रिय मापदण्डहरु तयार गरी लागु गर्न सक्ने र निर्यात गर्ने देशले सो मापदण्ड पुरा गरेर पठाउन मिल्ने कार्यक्रममा सरोकारवालाहरुले बताएका थिए ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय काँकरभिट्टाले आयोजना गरेको एसपीएस सम्बन्धि समन्वय तथा अन्तरक्रियामा सहभागी सरोकार निकायका अधिकारीहरुले आयातकर्ता सदस्यले उचित मात्रामा मिश्रणहरुको प्रयोग भएको छ कि छैन, खाद्यपदार्थ असुरक्षित छ कि छैन भन्ने कुरामा ख्याल गर्नु पर्ने बताए । कुन उत्पादनहरु स्वीकार योग्य छैनन् त्यसलाई आफ्नो घरेलु बजारमा विक्री वितरणको लागि रोक लगाउनु पर्ने उनीहरुको भनाई थियो । निर्यातकर्ता सदस्यबारे आफुले एसपिएस मापदण्ड पुरा गरेको छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताएका तिए ।

कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत सुधाकरप्रसाद सिहंले विश्व व्यापार संगठन र एसपिएस सम्झौता विषयक कार्यपत्र प्रस्तुत गरे थिए । विश्व व्यापार संगठन एसपीएसको सम्झौता, क्वारेन्टाइन प्रक्रियामा एसपीएसको महत्व, एसपीएसको मापदण्ड तथा एसपीएस सम्बन्धि ध्यानाकर्षणका बारेमा कार्यपत्रमा उल्लेख गरिएको थियो ।

क्वारेन्टाइन प्रक्रियामा एसपिएसको महत्वका बारेमा चर्चा गर्दै सिहंले निर्यातित वस्तुहरुको लागि आवश्यकता अनुसार विरुवा स्वास्थ्यको प्रमाण पत्र वा पशु स्वास्थ्य प्रमाण पत्र वा खाद्य गुणस्तर विश्लेषण प्रतिवेदन प्रदान पूर्व आवश्यकता अनुसार प्रयोगशालाको परिक्षण गर्ने बताए । उनले आयातित वस्तुहरुको लागि तोकिएको प्रवेश अनुमति पत्रको आधारमा निर्यातित वस्तुहरुको निर्यात गर्ने देशको स्वस्थ्यता प्रमाण पत्रको आधारमा तथा वस्तुको निरीक्षण गरिएको आधारमा प्रतिवेदन प्रदान, साथै स्वस्थ्यताको प्रमाण पत्र तथा प्रतिवेदन प्रदान गर्नु पूर्व पनि अन्य परिक्षण गर्ने जानकारी दिए ।
विभिन्न सरोकारवाहरु निकायका अध्यक्ष तथा प्रतिनिधीहरुले काँकरभिट्टा नाका भएर भित्रिने खाद्य वस्तुको परीक्षणमा सवैले गम्भीर भएर लाग्न जोड दिएका थिए । अखाद्य वस्तुको आयातमा कडाइ गर्न सहभागीको सुझाँव थियो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका क्वारेन्टाइन अधिकृत सुरेशकुमार साहा, मेची उद्योग बाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत पशु क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिहं, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक कोमल ठाकुर, सशस्त्र प्रहरी बल नेपाल राजस्व एवम् भन्सार सुरक्षा गुल्म सशस्त्र प्रहरी प्रहरी निरीक्षक चिरञ्जिवी प्रसाई, नेपाल इण्डरमोडल यातयात विकास समितिका प्रतिनिधिसहितका उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन कार्यालयका खाद्य निरीक्षक दिनेश ढुंगानाले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *