४८ घण्टाका लागि नेपाल-भारत सीमानाका बन्द
Published:
by .कञ्चनपुर । भारतको उत्तराखण्डमा भइरहेको स्थानीय निकाय चुनावका कारण भारतले नेपालसँग सीमा जोडिएका सीमानाका ४८ घण्टाका लागि बन्द गरेको छ ।
भारतको उत्तराखण्ड राज्यअन्तर्गत १३ जिल्लामा आइतबार भइरहेको स्थानीय चुनावका लागि भारतले नेपालसँग नाका जोडिएको सीमानाका बन्द गरेको हो ।
भारतमा आइतबार स्थानीय निकायको चुनाव भइरहेका सीमा जोडिएका ठाँउमा ४८ घण्टाका लागि नाका बन्द गरेको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिनुभयो ।
यस्तै, कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले भारतले शनिबार बिहान ६ बजेदेखि ४८ घण्टाका लागि भारतले नाका बन्द गरेको बताउनुभयो ।
भारतको उत्तराखण्डमा १३ जिल्ला पर्दछन् । जसअन्र्तगत नेपालसँग सीमा जोडिएको भारतको चम्पावत जिल्लाका चार स्थानमा आइतबार नगरपालिकाको चुनाव भइरहेको छ ।
यता, नेपालसँग सीमा जोडिएको भारतीय सीमावर्ती बजार बनबासामा पहिलो पटक नगर पञ्चायतको चुनाव हुँदैछ भने टनकपुरलगायतका अन्य स्थानमा नगरपालिकाको चुनाव भइरहेको छ ।
उज्यालो
Comments