Sajhamanch Archive

युइएफए नेसन्स लिगमा विश्व विजेता फ्रान्स नेदरल्यान्ड्सँग पराजित

Published: in खेलकुद by .

काठमाडौं । युइएफए नेसन्स लिग फुटबल प्रतियोगितामा विश्व विजेता फ्रान्स पराजित भएको छ ।

गएराति भएको खेलमा गत विश्वकपका लागि छनोट नै हुन नसकेको नेदरल्यान्ड्सँग विश्वविजेता फ्रान्स २–० ले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा नेदरल्यान्डस्लाई जिताउन जर्जिन्हो वाइनाल्डम र मेम्फिस डिपेयीले एक–एक गोल गरे ।

खेलको ४४ औँ मिनेटमा वाइनाल्डमले गोल गर्दै पहिलो हाफमा नेदरल्याण्डसलाई १–० को अग्रता दिलाए ।

खेलको इन्जुरी समयको छैठौं मिनेटमा डिपेयीले पेनाल्टी मार्फत गोल गरेपछि नेदरल्यान्डस् २–० ले विजयी भयो ।

नेदरल्यान्डस्सँगको हारसँगै विश्व विजेता फ्रान्सको १५ खेलदेखिको अपराजित यात्रा टुंगिएको छ । समूह ए वानमा रहेको जर्मनी भने प्रतियोगिताबाट रेलिगेसनमा परेको छ ।

आगामी सोमबार नेदरल्यान्डसले जर्मनीसँग खेल्दैछ । यो खेलमा जर्मनीका लागि प्रतिष्ठा तथा नेदरल्यान्डस्का लागि समूह विजेता बन्ने मौका हो ।

फ्रान्स सात अंकसहित शीर्ष स्थानमा छ भने नेदरल्यान्डस्को ६ अंक रहेको छ ।

यसैगरी गएराति नै भएका अरु खेलमा अर्मेनियाले जिब्रालटारलाई ६–२, मेसेडोनियाले लिचेस्टाइनलाई २–०, स्लोभाकियाले युक्रेनलाई ४–१ तथा डेनमार्कले वेल्सलाई २–१ ले हराएका छन् । यस्तै साइप्रस र बुल्गेरिया तथा स्लोभेनिया र नर्वेले १–१ को बराबरी खेलेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *