Sajhamanch Archive

विश्‍व बैंकसँग अर्थमन्त्रीको असन्तुष्टि, मूल्यांकन त्रुटिपूर्ण रहेको दाबी

Published: in अर्थतन्त्र by .

काठमाडौं अर्थमन्त्री डा। युवराज खतिवडाले डुइङ बिजनेस बिजनेस गर्ने वातवरणमा विश्‍व बैकले नेपालमा गरेको मूल्यांकनप्रति गम्भीर आपत्ति जनाएका छन्।

उनले समान्य विषयलाई केलाएर विश्व बैंकले नेपाललाई तल झारिदिएको भन्दै आपत्ती जनाएका हुन्। विश्व बैंकले केही दिन सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा डुइङ बिजनेसमा मा ११० ‍औँ स्थानमा झरेको छ।

जब कि अघिल्लो वर्ष नेपालले १०५ औँ स्‍थान ओगटेको थियो। अर्थमन्‍त्री खतिवडाले विश्व बैंकले दिएको ११० औँ स्थान मान्न तयार नभई नेपाललाई १०५ औँ स्थान भनिरहेका छन्।

करको फाइलिङमा सामान्य समस्या छन् भनेर एउटा सानो कुरा देखाएर १०५ बाट ११० मा झारिदिए कुनै अन्तर्राष्ट्रिय संस्थाले ुहामी १०५ स्थानभन्दा तल आउनको लागि आफ्नो पक्षबाट उचित वातवरण बनाउछौँु शनिबार राष्ट्रिय कर दिवसको अवसरमा अर्थमन्त्री खतिवडाले भने।

उनले विश्व बैंकले गरेको मूल्यांकन पद्धती नै गलत भएको समेत दाबी गरेका छन्। ुकरको फाइलिङमा सामान्य समस्या छन् भनेर एउटा सानो कुरा देखाएर १०५ बाट ११० मा झारिदिए कुनै अन्तर्राष्ट्रिय संस्थालेु अर्थमन्त्री खतिवडाले भने ुत्यसमा हाम्रो आपत्ती छ हामीले यो कुरा ठीक छैन भनेर भनिसकेका छौँ र त्यसको रिभ्यु हुँदै छु उनले सरकारले आफूले निर्वाह गर्ने दायीत्व नबिर्सेको समेत बताए।

केही काम गर्न अलिकति ढिला भयो भन्दैमा त्यसैलाई आधार बनाएर मूल्यांकन गर्न नहुने हुने बताएका छन्। ुसामाजिक सुरक्षा प्रणालीअन्तर्गत कर्मचारीहरू मासिक विवरण बुझाउँदा अलिकति ढिला भयो भनेर फारममा सानो समस्या भयो भनेर हामीलाई पाँच बिन्दुले तल झार्दिनेरुु खतिवडाले भने ुयो लोक कल्याणकारी राज्य हो यहाँ श्रमिकको उत्थान र संरक्षणको पनि काम हुन्छ।

उनले विश्व बैंकलाई पुन मूल्यांकनको लागि नेपाल बोलाएको समेत बताएका छन्। ुमैले मूल्यांकनमा समस्या छ भने भनेको छु, विश्व बैंकले एउटा टोली पठाउछु भनेको छु खतिवडाले भने। उनले कर नतिरी समृद्ध नेपालको परिकल्पना गर्न नसकनेमा पनि व्यवसायीहरूको ध्यानाकर्षण गराएका छन्।

आजको दिनमा सबैलाई चेतना भया हामीले कर नतिरे समृद्धिको बाटो खुल्दैनु खतिवडाले भने। कुनै पनि नागरिकले आफ्नो क्षमताअनुसार कर उठाउने राज्यको र तिर्ने नागरिकको दायित्व भएको उनले बताए।

करदातासँग उठाएको करको एक एक हिसाब देखाउन आफू तयार रहेको उनले बताएका छन्। निजी क्षेत्रका प्रतिनिधिहरूले करको उचित प्रयोग नभएको गुनासो गरिरहँदा उनले दुई पक्षले नै आफ्नो जिम्मेवारी निर्वाह गरेर उचित प्रयोग गर्नुपर्ने बताए।

अर्थसचिव डा। राजन खनाल र राजश्व सचिव शिशिरकुमार ढुंगानाले कर सेवालाई प्रविधि मैत्री बनाउन थालिएको जानकारी गरउँदा यसलाई कर तिर्ने वातावरण सिर्जना गर्ने बताए।

उनीहरूले सरकारले आफ्नो तर्फबाट कमी कमजोरी सुधार्न तयार रहेको र निजीक्षेत्र पनि आफ्ना कमजोरी सुधार्न लाग्नुपर्ने बताए। आन्तरिक राजश्व विभागले शनिबारदेखि सातदिनसम्म कर सप्ताह मनाउँदै छ।

करदातालाई जागरूक बनाउन कर दिवस र कर सप्ताह उपयोगी हुने आन्तरिक राजस्‍व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले बताए।
उनले सरकारो नीतिमा बसेर विभाग स्वच्छ कर उठाउन केन्द्रित हुने बताए।

नेपालमा भ्याटविल लागू गरिएको अवसर पारेर सरकारले मसिर १ गतेलाई कर दिवसको रूपमा मनाउँदै आएको छ। शनिबार सातो कर दिवस मनाइएको हो।कर दिवशको अवसरमा विभिन्न विधारबाट सबैभन्दा बढी कर तिर्ने व्यक्ति तथा प्रतिष्ठानलाई सरकारले सम्‍मान गरेको छ।

थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *