Sajhamanch Archive

नवोदय साकोसको निर्वाचन कार्यक्रम मंसिर ३ गते हुने

Published: (Updated: ) in सहकारी by .

कमल । झापाको कमल गाउँपालिका स्थित श्री नवोदय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कोे २० औं वार्षिक साधारणसभा तथा अधिवेशन हुने उमेद्वारको आज शनिबारबाट सुरु हुने भनिएको निर्वाचनका सम्पुर्ण कार्यक्रम स्थकित भएको छ । स्तकित कार्यक्रम आगामी मंसिर ३ गते सोमबारदेखि सञ्चालन गरिने संस्थाले जनाएको छ ।

आगामी मंसिर ९ गते सम्पन्न हुने २० औं वार्षिक साधारणसभा तथा अधिवेशनमा आगामी ४ वर्षेकार्यकालका लागी आजबाट उमेद्वारले नोमिनेसन गर्नुपर्नेमा बर्तमान कार्यसमितीबाट उमेद्वारको योग्यतामा कडाई गरेको र सिमित व्याक्ति मात्र उमेद्वार हुन खोजेको भन्दै प्रतिनिधिले विरोध जनाएपछि सोमवारसम्मका लागी निर्वाचनका सम्पुर्ण कार्यक्रम स्थकित गरिएको निर्वाचन समिती संयोजक हिमप्रसाद दाहालले जानकारी दिए ।

सहकारी मापदण्ड २०६८ मा व्यवस्था भए अनुसार र संस्थाको विनियम २०५५ शंसोधन सहितको दफा १९ “क” वमोजिम दश जना बराबर १ जना प्रतिनिधि छनौट गर्ने प्रावधान भएअनुसार १ हजार २ सय जना प्रतिनिधिले निर्वाचनमा भाग लिने छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *