Sajhamanch Archive

सात हजार सैनिक अधिकृतका प्रमाणपत्रको छानबिन सुरु

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । नेपाली सेनकाले सबै सैनिक अधिकृतको शैक्षिक प्रमाणपत्रमाथि छानबिन सुरु भएको छ। सरकारले मान्यता नदिएका संस्था तथा नक्कली प्रमाणपत्र पेश गरेर सेवा प्रवेश गरेको अशंकामा सैनिक मुख्यालयले अधिकृत तहका कर्मचारीको शैक्षिक योग्यता पुन: प्रमाीकरण गर्न लागेको हो।

सेवा प्रवेश तथा बुढुवा क्रमममा अधिकृतहरुले पेश गरेका सबै शैक्षिक प्रमाणपत्रमाथि छानबिन गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले निर्देशन दिएका हुन्। प्रधानसेनापति थापाका निर्देशन पछि सैनिक मुख्यालयले जंगी अड्डासहित देश रहेका पृतना, बाहिनी , शिक्षालय, गण गुल्मलगायत सबै युनिटमा कार्यरत अधिकृत तहका कर्मचारीको माध्यमकि तथा उच्च शिक्षासँग सम्बन्धित कागजात छानबिन प्रक्रिया अघि बढाएको छ।

सैनिक सचिवका तर्फबाट कार्तिक १९ गते गरिएको सर्कुलरमा कार्तिक २९ गतेभित्र शैक्षिक योग्यता र तालिमसम्बन्धी कागजात पेश गर्न भनिएकोमा अधिकांशले समयभित्रै विवरण बुझाइसकेका छन्। नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले अधिकृत तहका सबै सैनिकको शैक्षिक योग्यताका प्रमाणपत्र छानबिनमा क्रममा रहेको प्रष्ट पारे ।

कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *