Sajhamanch Archive

कृत्रिम सूर्य बनाउँदै चीन, वास्तविक सूर्यभन्दा ६ गुणा तातो

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

चीनका वैज्ञानिक स्वच्छ ऊर्जा तयार पार्ने उद्येश्यका लागि एक कृत्रिम सूर्य निर्माणमा लागेका छन्। चीनका वैज्ञानिकहरूले निर्माण गर्न लागेको सूर्य वास्तविक सूर्यभन्दा ६ गुणा तातो हुने बताइएको छ।

हामीले देखिरहेको वास्तविक सूर्यको तातो १.५० करोड डिग्री सेल्सियससम्म रहेको छ। चीनले निर्माण गर्न लागेको सूर्यको तातो १० करोड डिग्री सेल्सियससम्म हुने बताइएको छ। चीनको एकेडेमी अफ साइन्सको इन्स्चिट्युट अफ प्लाजमा फिजिक्सका अनुसार कृत्रिम सूर्यको परीक्षण जारी रहेको छ। उक्त सूर्यको नाम ‘एक्सपेरिमेन्टल एडभान्स सुपरकन्डक्टिङ टोकामक’ (ईस्ट) नाम दिइएको छ।

यसको डिजाइन पनि सूर्यको जस्तै गरिएको छ। यसले सौर्य मण्डलको बीचमा रहेको कुनै ताराको जसरी ऊर्जाको भण्डार उपलब्ध गराउने बताइएको छ। कृत्रिम सूर्यलाई एक मेसिनको माध्यमबाट चालू गर्ने बताइएको छ। मेसिनको बीचमा खाली राखिएको छ। जसमा न्यूक्लियर फ्यूजनको माध्यमबाट ताप उत्पन्न गरिनेछ। उक्त मेसिनलाई एक दिनका लागि चालू गर्ने खर्च १५ हजार अमेरिकी डलर लाग्नेछ। हाल उक्त मेसिन चीनको अन्हुइ प्रान्तमा रहेको साइन्स द्वीपमा राखिएको छ।

कृत्रिम सूर्यलाई पृथ्वीको ऊर्जाको विकल्पका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ। यसलाई भविष्यमा स्वच्छ ऊर्जा उत्पादनको महत्वपूर्ण स्रोतका लागि उपयोग गरिने बताइएको छ। विश्वमा न्यूक्लियर फ्युजन मार्फत ऊर्जा तयार गर्ने विश्वभर चलिरहेको छ। तर, न्यूक्लियर फ्युजनबाट निस्किने विषालु फोहोर मानव स्वास्थ्य र वातावरणका लागि खतरानाक हुने वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।

चीनले यसअघि नै कृत्रिम चन्द्रमा निर्माण गर्ने योजना तयार बनाएर कार्यान्वयनमा लगेको छ। जसका माध्यमबाट रातमा उज्यालो बनाउने योजना रहेको छ। जसका लागि ठूलाठूला स्याटेलाइटको प्रयोग गरिएको छ। जसका माध्यमबाट पनि ऊर्जा बचाउने लक्ष्य रहेको छ। उक्त काम सन् २०२२ सम्म पूरा गर्ने र लक्ष्य राखिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *