Sajhamanch Archive

काँकरभिट्टामा पत्रकार उप्रेती र मुखिया सम्मानित

Published: in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । पत्रकारिताका माध्यमबाट खेलक्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सुर्याेदय टेलिभिजन तथा जन—संसद दैनिकमा कार्यरत पत्रकार लक्ष्मी उप्रेती र कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गणेशमान मुखियालाई आइतबार काँकरभिट्टामा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर—६ ले पुरस्कृत तथा सम्मान गरेको छ ।

टे«निङ सेन्टरले हरेक वर्ष पत्रकारिताका माध्यमबाट खेलकुदका क्षेत्रमा पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै दुईजना पत्रकारलाई पुरस्कृत र सम्मान गर्ने गरेको छ । सोहि क्रममा पत्रकार उप्रेती र मुखियाले सेन्टरले हरेकवर्ष आयोजना गर्ने गोल्डकपसहित जिल्लामा हुने जस्तासुकै खेलकुदका कार्यक्रमहरुलाई सञ्चारका माध्यमबाट हरेक क्षेत्रमा पुरयाउन उल्लेखनिय योगदान दिएको भन्दैं पुरस्कृत तथा सम्मान गरिएको हो ।

मेची नेत्रालय आँखा अस्पतालको सभाकक्षमा अयोजित आय—व्याय सार्वजनिक तथा पत्रकार सम्मान कार्यक्रममा मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राई, सेन्टरका सल्लाहकार संयोजक गंगालाल गुरुङ, खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापाले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुलाई पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका थिए ।

पुरस्कारको राशी जनही नगद सातहजार पाँचसय रुपैयाँसहित सम्मान पत्र रहेको छ । अघिल्लो वर्ष पुरस्कारको राशी नगद पाँचहजार पाँचसय भएपनि हरेक वर्ष दुईहजार रुपैयाँ बृद्धि गर्दै लैजाने योजना अनुरुप यो वर्ष सातहजार पाँच सय रुपैयाँ बनाइएको सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतले जानकारी दिए । सम्मनित उप्रेती डेढदशकअघिदेखि मेचीनगरलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् भने अर्का सम्मानित पत्रकार मुखिया त्यतिनै समयदेखि झापामा रहेर पत्रकारिता गर्दै आएका छन् ।
यसअघि विवेचना दैनिकका समाचार संयोजक रमेश समदर्शी र फोटो पत्रकार कृष्ण सिञ्जालीलाई उक्त पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *