प्रकाश दाहाललाई यसरी सम्झिए प्रधानमन्त्री ओलीले
Published:
by .
मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशको निधन भएको एक बर्ष पुगेको अवसरमा प्रचण्ड निवास खुमलटारमा आयोजित स्मृति सभामा प्रधानमन्त्री ओलीले भने, ‘महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो छैन, विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर त्यसको निरुपण पनि गरिदिनु पर्ने हुन्छ । तर, त्यस जिम्मेवारीलाई प्रकाशले कुशलतापूवर्क व्यवस्थापन गरेका थिए ।’
प्रकाश दाहालको मृत्यूको खबर आफूले चुनावी दौडानमा भएका बखत आफ्नै निर्वाचन क्षेत्र झापामा सुनेको प्रधानमन्त्रीले स्मरण गरे । प्रधानमन्त्री ओलीले प्रकाशको असामयिक निधनले प्रचण्ड परिवार, पार्टी र राष्ट्रलाई नै क्षती पुगेको धारणा राखे ।
‘उमेर, अपेक्षा, समय बाँकी हुँदै भएको निधन धेरै पिडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो’, प्रधानमन्त्री ओलीले भने, ‘तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।’
कार्यक्रममा प्रकाशको स्मृतिमा प्रकाशित प्रकाश दाहाल स्मारिका उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्त रुपमा विमोचन गरे ।
प्रकाश दाहालको गत वर्ष मसिर ३ गते हृदयघातबाट नर्भिक अस्पतालमा निधन भएको थियो । जतिबेला अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओली दौरानको सिलसिलामा झापामा थिए ।
दैनिक नेपालबाट ।
Comments