Sajhamanch Archive

आफ्नो देश नचिन्ने विदेशलाई मात्रै लब गर्ने कर्मचारीको काम छैनः मन्त्री पण्डित

Published: in राजनीति by .

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीलाई सरकारले खटाएको ठाउँमा गएर काम गर्न कडा निर्देशन दिएका छन् । उनले सरकारको निर्देशन नमानी आफूखुसी गर्न खोज्ने कर्मचारीलाई जागिर छाडेर जान पनि भनेका छन् ।

आज ललितपुरमा आयोजित ३३औं आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पण्डितले आक्रोशित हुँदै यस्तो बताएका हुन् । त्यसक्रममा उनले देश नचिन्ने तर विदेशलाई मात्रै ‘लब गर्न’ बानी परेका कर्मचारीको अब देशमा कामै नभएको पनि बताए ।

उनले कर्मचारी सरकार र राज्यप्रति जवाफदेही हुनुपर्नेमा त्यसो नभएको बताए । उनले कर्मचारीले देशको हितमा काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखे ।

‘जो कर्मचारी सरकारले खटाएको ठाउँमा गएर काम गर्दैन वा जान मान्दैन त्यस्ता कर्मचारीलाई सरकारले ठीक पार्छ,’ मन्त्री पण्डितले भने, ‘अब देश नचिन्ने तर विदेशलाई मात्रै लब गर्ने कर्मचारीको यो देशमा काम छैन ।’

त्यसक्रममा मन्त्री पण्डितले कर्मचारीको आवश्यक सेवा–सुविधा वृद्धि गर्न सरकारले संघीय निजामती सेवा ऐन चाँडै ल्याउने तयारी गरिरहेको समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *