Sajhamanch Archive

प्रेस युनियन झापाको निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । नेपाल प्रेस युनियन झापाको नवौं अधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पद हस्तान्तरण गरिएको छ ।

विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियन झापा शाखाका अध्यक्ष कृष्ण हुमागाँईले नव निर्वाचित अध्यक्ष इन्दु पूर्वेलीलाई संस्थाको बैठक पुस्तिका तथा बैंक चेक हस्तान्तरण गर्दै पदस्थापन गराउनु भएको हो । पदस्थापन अघि विदाई मन्तब्य राख्दै कृष्ण हुमागाईंले संस्थाको गरिमा, मर्यादा,पत्रकारिताको निष्ठा, आदर्श र ब्यवसायिक पत्रकारिताको संस्थागत विकासका लागि कार्य गर्न नयाँ नेतृत्वलाई आग्रह गरे ।

गत असोज १३ गते सम्पन्न अधिवेशनबाट अध्यक्षमा इन्दु पूर्वेली निर्वाचित हुनुभएको थियो भने उपाध्यक्षमा गिरिराज भट्टराई, महिला उपाध्यक्षमा सुष्मा राजवंशी, सचिवमा डिल्लीराम घोर्सार्इं, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्षमा ओमप्रकाश भट्टराई निर्विरोध चयन भएका थिए । निर्वाचितको नाम निर्वाचन अधिकृत विश्व थापाले घोषणा गरेका थिए ।

नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व सांसद तथा कार्यक्रमका प्रमुख अतिथि सुधिरकुमार शिवाकोटीले प्रमुख प्रतिपक्षीको भूमिका खेल्ने प्रेस जगतलाई हेर्ने सत्ताको दृष्टि र ब्यवहार सँधै नकारात्मक हुने धारणा राखे । लोकतन्त्रको अवस्था देशको प्रेस स्वतन्त्रताले निर्धारण गर्ने भन्दै नेता शिवाकोटीले लोकतन्त्रको संस्थागत विकासका लागि प्रेसको ठूलो भूमिका रहने चर्चा गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि तथा नेपाली कांग्रेस झापाका कार्यवाहक सभापति राम कट्टेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कृष्ण हुमागाईको सभापतित्व, इन्दु पूर्वेलीको स्वागत र गिरिराज भट्टराई तथा डिल्लीराम घोसाईको संयुक्त सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैबीच नेपाल प्रेस युनियन झापाको पहिलो बैठकले सफलतापूर्वक अधिवेशन तथा पद हस्तान्तरण सम्पन्न गरेकोमा निवर्तमान कार्य समितिलाई धन्यवाद ज्ञापन गरेको छ । युनियनका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न पहिलो बैठकले निवर्तमान अध्यक्ष कृष्ण हुमागाईं, अध्यक्ष पदका निकटतम प्रतिष्पर्धी राजेन्द्र गौतम, केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्री, पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, सदस्य लोकराज ढकाल, पूर्व अध्यक्ष भीम नेम्बाङलाई सल्लाहकार सदस्यमा चयन गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *