Sajhamanch Archive

एनएमसी कप प्रदेश नं एक स्तरीय नकाउट भलिबल प्रतियोगितामा बुद्धशान्ति, संखुवासभा र भोजपुर विजयी

Published: in खेलकुद by .

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित बुधबारेमा आयोजित एनएमसी बुद्धशान्ति कप प्रदेश १ स्तरीय नकआउट भलिवल प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति, संखुवासभा र भोजपुरले विजयी सुरुवात गरेका छन् ।

राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजनामा भएको प्रतियोगिताको पहिलो खेलमा धनकुटालाई २५–१८, २५–२२, ९–२५ र २५–१६ ले हराउँदै संखुवासभा विजयी भएको छ । जसमा धनकुटाका रोसन विक म्यान अफ दी म्याच घोषित भए । संखुवासभाले मंगलबार क्वाटर फाइनलमा ताप्लेजुङसँग खेल्नेछ ।

त्यस्तै मोरङलाई २५–१२, २२–२५,२५–९ र २५–२२ ले हराउँदै आयोजक विजयी भएको छ । प्रतियोगितामा मोरङका विवेक चौधरी म्यान अफ दि म्याच भए । सेमी फाइनल यात्रा तय गरेको आयोजकले फाइनल प्रवेशका लागि संखुवासभा र ताप्लेजुङ विचको विजेतासँग प्रतिष्पर्धा गर्नेछ ।

त्यस्तै प्रतियोगिताको तेस्रो तथा अन्तिम खेलमा शसस्त्र प्रहरी बल पकलीलाई हराउँदै भोजपुर विजयी भएको छ । प्रतियोगितामा भोजपुरका दिनेश तामाङ म्यान अफ दि म्याच घोषित भएको आयोजकका अनिल वाग्लेले जनाएका छन् । भोजपुरले शसस्त्रलाई २५–१५, २५–२१, २२–२५, २२–२५ र १५–१२ को सेटले हराएको थियो ।

चन्द्रसूर्य युवा क्लब तथा आदर्श युवा क्लब बुद्धशान्ति सहआयोजक रहेको प्रतियोगितामा मुख्य प्रायोजक नेपाल बहुउदेश्यीय सहकारी संस्था र सहप्रायोजक गोकुलम रिसोर्ट इटहरी रहेको बताइएको छ । उद्घाटन कार्यक्रममा एराएभर ग्रिन अंग्रेजी विद्यालय, कर्णाली एजुकेशन फाउन्डेसन तथा चन्द्रसूर्य क्लबले संगीतिक प्रस्तुति राखेका थिए । प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि, उपविजेताले नगद ५० हजार र ट्रफि पाउने छन् भने तेस्रो हुने टिमले नगद २५ हजार पाउने आर्थिक समिति संयोजक प्रेम नेम्बाङले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *