Sajhamanch Archive

बिष बन्दै एन्टिबायोटिक, ८० बर्ष पुरानो सुत्र

Published: in मिडियाबाट साभार by .

काठमाडौं । ८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ ।

एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ ।

सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रुप लिएको भन्दै सार्वजनिक रुपमै आमनागरिकलाई सचेत गराएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर विश्वव्यापी अध्ययनले नै एन्टिबायोटिकलाई जीवाणुले जित्न थालेको पुष्टि गरेकाले चुनौती थपिएको बताएको हो ।

नयाँ पत्रिका दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *