Sajhamanch Archive

‘साइलीरीमई’ लिएर आए तेजिन्द्र गन्धर्व

Published: in टिप्स/जानकारी by .

काठमाडौं । गायनको रियालिटी शो द भ्वाइस अफ नेपालबाट बाहिरिएरको दुई दिनमै तेजिन्द्र गन्धर्वले आफ्नै जीवनकथा बोकेको गीत ‘साइलीरीमई’ लिएर आएका छन्।

द भ्वाइस अफ नेपालमा निर्मला हत्याकाण्डबारे गीत गाएर दर्शकका मन जितेका तेजिन्द्रको साइलीरीमई गीतमा उनी आफैंले अभिनय गरेका छन् भने गीतको शब्द डिपी खनालको छ। गीतमा संगीत शंकर थापाको रहेको छ भने उदयराज पौडेलको एरेन्ज छ।

ललितपुरको रमणीय क्षेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायाँकन, विकास ज्ञवालीको सम्पादन र विकाश सुवेदीको निर्देशन रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *