Sajhamanch Archive

समलिङ्गी यौन सम्बन्धमा आधारित किताब लेख्नेलाई १० वर्षको जेल सजाय

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

‘गे सेक्स’ अर्थात् समलिंगी यौन सम्बन्धमा आधारित किताब लेखेको आरोपमा चीनमा एक लेखिकालाई १० वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि किताब लेखेको र बेचविखन गरेको आरोप छ ।

लिउ नामकी लेखिकालाई ‘अश्लिल सामग्री’ लेखेको तथा त्यसको बिक्री गरेको आरोपमा अन्हुई प्रान्तको एक अदालतले गएको महिना जेल पठाएको हो ।

‘अक्युपेशन’ नामको त्यो उपन्यास पुरुषको समलैंगिक सम्बन्धमा आधारित छ । जसमा याैन गतिविधिकाे बारेमा लेखिएकाे छ ।

लेखिकालाई दिइएको सजायको अवधि लामो भएको भन्दै चीनको सामाजिक सञ्जालमा विरोध भइरहेको छ । बेइजिङ न्युजका अनुसार लिउले सजायविरुद्ध मुद्दा दायर गरेकी छिन् ।  चीनमा पोर्नोग्राफी गैरकानुनी हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *