Sajhamanch Archive

कर्णाली प्रदेश सरकारमा प्रदेश योजना आयोग गठन

Published: in प्रदेश तह by .

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोग गठन गरेको छ ।

मंगलवार विहान सम्पन्न मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गर्ने निर्णय गरेको हो ।

वैठकले योजना आयोगको उपाध्यक्षमा दैलेखका डा।पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा।दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।

त्यसैगरि योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ ।

योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेश सभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय पनि वैठकले गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।

सोमवार सम्पन्न मन्त्रीपरिषद वैठकले प्रदेश योजना आयोग गठन तथा संचालन आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरि आयोग गठनको वाटो खोलेको थियो ।

रातोपाटी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *