Sajhamanch Archive

लाइसेन्स बिक्रीमा यातायात विभाग नै संलग्न

Published: in मिडियाबाट साभार by .

काठमाडौं । यातायात व्यवस्था विभाग नै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बिक्रीमा संलग्न भएको भेटिएको छ।

विभागको आइटी शाखाले क्षेत्रगत कार्यालयहरुबाट आएको विवरणभन्दा बढी लाइसेन्स प्रिन्ट गरेको पाइएको हो। प्रदेश ३ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाको युजर नेमबाट कार्यालयले पठाएको विवरण ६०० भन्दा बढी लाइसेन्स प्रिन्ट भएको भेटिएको  छ।

कार्यालयले साउनदेखि कात्तिकसम्मको फाइल छानबिन गर्दा आफ्नो कार्यालयबाट लाइसेन्सको प्रक्रियामा संलग्न भई ट्रायल पास गरेर पठाइएको भन्दा ६०० धेरै लाइसेन्स विभागबाट प्रिन्ट गरिएको भेटिएपछि कार्यालय आन्तरिक रुपमा थप छानबिनका लागि यातायात व्यवस्था विभाग र मन्त्रालय पुगेको हो।
कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *