Sajhamanch Archive

सुनसरीको दुहवीमा गोली प्रहारबाट एक मजदुरको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुनसरी । सुनसरीको दुहवीमा गोली प्रहारबाट घाइते फिदा हुसेनको मृत्यु भएको छ।

बुधबार बिहान गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए। मोटरसाइकलमा आएका दुई जनाले इँटा भट्टा जाँदै गरेका हुसेनमाथि गोली प्रहार गरेका थिए। गोली प्रहारबाट घाइते उनलाई न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको थियो।

इँटाभट्टा सञ्चालक खगेन्द्र श्रेष्ठका अनुसार २० वर्षदेखि सो इट्टा उद्योगमा कार्यरत हुसेनले उद्योगको सम्पूर्ण रेख देखगर्दै आएका थिए। गोली किन र कसले प्रहार गर्‍यो भनेर खुल्न नसकेको प्रहरीले जनाएको छ। घटना स्थलमा प्रहरी परिचालन गरेर अनुसन्धान थालिएको प्रहरी निरीक्षक माझीले जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *