Sajhamanch Archive

नेपालमा बन्दुक चलाउन दक्ष कति ?

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । विकसित देशले विदेशीलाई अध्यागमनमै फारम भर्न लगाइ हतियार ९बन्दुक० चलाउने तालिम लिएको छ वा छैन भन्ने रेकर्ड राख्छन् ।

यो रेकर्ड कुनै दुर्घटना भए ती मानिसहरुलाई तत्काल ‘ट्रयाक’ गर्न सहज होस् भनेर राखिएको हो ।

विदेशीको मात्र होइन विकसित देशले हतियार चलाउन दक्ष ९तालिम प्राप्त० आफ्नै नागरिकहरुको पनि रेकर्ड राख्छन्,ताकी आवश्यक परेको बेला उनीहरुको पहिचान गर्न र बोलाउन सहज होस् ।

नेपाली विश्वका झण्डै एक दर्जन देशका सेना तथा प्रहरीमा सेवारत छन् । उनीहरु अत्यधुनिक हतियार चलाउन पोख्त छन् । त्यतिमात्र होइन, ती देशका सेना तथा प्रहरीबाट अवकास पाएका अधिकांस त नेपालनै फर्केर विभिन्न काममा व्यस्त छन् । यस्ता हतियार चलाउने तालिम प्राप्त दक्ष जनशक्तिका बारे भने नेपाल सरकार बेखबर छ ।

बम बम बम
नेपाल सरकारसँग न त नेपाली कुन–कुन देशको सेना तथा प्रहरीमा कतिको संख्यामा कार्यरत छन् भन्ने रेकर्ड नै छ न यस्ता सेना तथा प्रहरीबाट अवकास प्राप्त व्यक्ति नेपालमा फर्केर कुन ठाउँमा के गरि बसिरहेका छन् भन्ने जानकारी नै ।
“यस्तो रेकर्ड राख्नसके राम्रो हो, तर हामीसँग छैन,” गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बाह्रखरीसँग भने ।

सूचना संग्रहमा दक्ष मानिएको नेपाली सेनासँग पनि नेपालमा तालिम प्राप्त बन्दुक चलाउन जान्ने मान्छे कति छन् भन्ने तथ्याङ्क छैन । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आ–आफ्नो संस्थामा सेवारत र अवकास प्राप्तको जानकारी राखेका छन्, एकअर्काका बारेमा यी संस्था पनि जानकार छैनन् ।

“हामीसँग सेनाको मात्र तथ्याङ्क छ । अरुको बारेमा हामीसँग जानकारी हुँदैन,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बताए ।

बाह्रखरीले सम्बन्धित निकायहरुबाट संकलन गरेको तथ्याङ्कअनुसार करिब साढे ५ लाख नेपाली बन्दुक चलाउन दक्ष छन् । अर्थात उनीहरु कुनै न कुनै देशको सेना तथा प्रहरीबाट हतियार चलाउन तालिमप्राप्त छन् । यी मध्ये आधाजसो अवकास प्राप्त सेना तथा प्रहरी छन् भने आधा सेवारत ।

“अन्य देशले हतियार चलाउने दक्ष मानिस कति छन् त्यसको एकिकृत तथ्यांक राख्छन् । हामीकहाँ अहिलेसम्म यस्तो हुन सकेको छैन,” राजनीति एवं सुरक्षा मामिला विष्लेषक तथा नेपाली सेनाका अवकासप्राप्त उपरथी विनोज बस्नेत भन्छन्, “यो निकै संवेदनशील विषय हो । यो तथ्याङ्क राष्ट्रिय सुरक्षासँग पनि जोडिन्छ । खासगरी हतियार चलाउन जान्ने अवकास प्राप्त व्यक्तिहरुको एकीकृत तथ्यांक सरकारले राख्न सक्नुपर्छ ।”

प्राप्त तथ्याङ्कअनुसार नेपाली सेनामा अहिले ९६ हजारको हाराहारीमा दरबन्दी रहेको छ । सुरक्षा निकायले प्राविधिक क्षेत्रका कार्यरत आफ्ना जवानहरुलाई पनि हतियार चलाउन सिकाउने तालिम प्रदान गर्ने गर्छन् । हाल नेपाली सेनामा अवकासप्राप्त पेन्सन बुझ्नेको संख्या ७४ हजार रहेको छ । यी मध्ये ६१ हजार अवकासप्राप्स सैनिकनै हुन् भने बाँकी उनीहरुका विधवा ।

नेपाल प्रहरीमा अहिले ७५ हजारको दरबन्दी रहेको छ । नेपाल प्रहरीबाट अवकासप्राप्त गरी अहिले पेन्सन बुझ्नेको संख्या ३७ हजार छ । यस्तै, सशस्त्र प्रहरी बलको दरबन्दी ३७ हजार १ सय ७० रहेको छ । सशस्त्र प्रहरी बलबाट अवकासप्राप्त ४ हजार ६ सय १७ जनाले अहिले पेन्सन बुझिरहेका छन् ।

नेपाली नेपालको सुरक्षा निकायको अलावा अन्य एक दर्जन देशको सेना तथा प्रहरी सेवामा कार्यरत छन् । विदेशी सेनामध्ये सबैभन्दा बढी नेपाली भारतीय सेनामा सेवारत छन् । गोर्खा सैनिकको नाममा भारतीय सेनामा ४० हजार नेपाली अहिले कार्यरत छन् । अहिले भारतीय गोर्खा सैनिकबाट अवकासप्राप्त गरेका करिब १ लाख २६ हजार नेपालीले भारत सरकारबाट पेन्सन बुझ्ने गर्छन् । भारतसरकारबाट पेन्सन बुझ्नेमध्ये करिब १ लाख अवकासप्राप्त जवान छन् भने बाँकी उनीहरुका विधवा ।

बेलायती सेनामा सन् १८१६ देखि नेपाली कार्यरत छन् । सुगौली सन्धी पश्चात नेपालीलाई बेलायतले आफ्नो सेनामा भर्ती गर्न थालेको हो । बेलायतले यसै वर्षबाट नेपाली युवतीहरुलाई पनि सेनामा भर्ना लिन सुरु गरेको छ । हाल बेलायती सेनामा ३ हजार नेपाली कार्यरत छन् । बेलायती सेनाबाट अवकास लिई पेन्सन बुिझरहेका नेपालीको संख्या अहिले २० हजारको हाराहारीमा छ । यीमध्ये केही बेलायतमै र केही नेपालमा बसोबास गर्छन् । यस्तै, युनाईटड अरब इमिरेट्स ९युएई०को सेनामा एक हजारभन्दा बढी, सिंगापुर प्रहरीमा ४ सय र ब्रुनाईको सुरक्षा निकायमा ३ सयभन्दा बढी नेपाली कार्यरत छन् ।

भारत, बेलायत, युएई, सिंगापुर, ब्रुनाईका अलावा अहिले अमेरिका,हङकङ, फ्रान्स लगायतका देशका सेना तथा प्रहरीमा पनि नेपाली कार्यरत छन् ।

ती देशको सेना तथा प्रहरीमा कति संख्यामा नेपाली छन् र त्यहाँबाट अवकासप्राप्त गरेपछि स्वदेश फर्केर बस्ने नेपालीको आधिकारिक तथ्याङ्क भेट्न मुस्कील छ । विभिन्न अध्ययनले ४४ हजार नेपाली विदेशी सेनामा कार्यरत रहेको देखाउँछ ।

यो सबै तथ्याङ्कले साढे ५ लाख नेपाली बन्दुक चलाउन तालिम प्राप्त छन् भन्ने देखाउँछ । यी मध्ये आधा बिभिन्न देशको सेना तथा प्रहरीबाट अवकासप्राप्त हुन् ।

“सबैभन्दा पहिला विभिन्न देशका सेना तथा प्रहरीबाट अबकासप्राप्तको तथ्यांक निकाल्नु पर्छ । त्यसपछि मात्र उनीहरुलाई एकतावद्ध गर्न सकिन्छ । हतियार चलाउन जान्ने मान्छे राज्यको रेकर्डमा देखिनु पर्छ । यस्तो गरे केही परे खोज्न सजिलो हुन्छ र देशलाई आवश्यकता परे प्रयोग गर्न सकिन्छ,” नेपाली सेनाका अवकासप्राप्त उपरथी बस्नेतले भने ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *