Sajhamanch Archive

श्रीमान मेरो भित्री पहिरन लगाएर यौनसम्बन्ध राख्न रुचाउनुहुन्छ

Published: (Updated: ) in टिप्स/जानकारी by .

म २७ वर्षीया विवाहित महिला हुँ । मेरो विवाह भएको ५ वर्ष भयो । हाम्रो यौनसम्बन्ध सन्तोषजनक छ, ।

तर उहाँको व्यवहार अनौठो छ । महिलाको भित्री पहिरन लगाउन रुचाउनुहुन्छ । यसो किन गरेको भन्ने प्रश्नमा सजिलो लागेर भन्नुहुन्छ र हिजोआज यौनसम्पर्कका बेला पनि मेरा पहिरन लगाउनुहुन्छ । आजसम्म यो
समस्या कसैलाई पनि भन्न सकेकी छैन । यो कस्तो समस्या हो रु

तपाईंले राख्नुभएको समस्या केही अन्य पुरुषमा पनि देखिएका छन् । यो विषयमा विभिन्न अध्ययन(अनुसन्धान पनि भएका छन्, जसले यकिन तथ्य पत्ता लगाउन नसके पनि लगभग १ करोड पुरुषमा १ लाख पुरुषले क्रस ड्रेसिङ गर्ने पाइएको छ । कतिपयले आफूले लगाएको पहिरनभित्र महिलाको पहिरन लगाएको पनि पाइएको छ । यो दुर्लभ समस्या तपाइर्ंको श्रीमान्मा मात्र देखिएको समस्या होइन । यस्तो व्यवहारलाई ट्रान्सभेसटिज्म वा क्रसडेसिङ भनिन्छ । ट्रान्सभेसटिज्म भन्नाले विपरीत लिंगीको पहिरन लगाएर यौन सन्तुष्टि लिनु हो । म्यागनस हिरस्फिल्डले यो प्रवृत्तिलाई नयाँ शब्द दिएका हुन् ।

म्यागनस हिरस्फिल्ड आफैं यो शब्दसँग सन्तुष्ट चाहिँ थिएनन् र हिजोआज यही शब्दलाई ट्रान्सजेन्डर नामले पनि चिनिन्छ । अचेल यसलाई अटोजिनेफेलिया पनि भन्न थालिएको छ । हिरस्फिल्डका अनुसार यो शब्दले तेस्रो लिंगी, फेटिज्म व्यवहार तथा विपरीत लिंगीको पहिरन लगाउनेहरूलाई पनि जनाउँछ । लगभग एकतिहाई पुरुषले आफ्नो यस्तो व्यवहारलाई गोप्य नै राखेका हुन्छन् ।

यससम्बन्धी भएका अध्ययनले देखाएअनुसार मानिसहरू पहिरनमा मात्र होइन, अन्य कुरामा पनि आकषिर्त हुन्छन् । ब्रिटेनमा गरिएको अध्ययनमा १ हजार १४ जना ट्रान्सभेसटिजले दिएको तथ्यअनुसार एकतिहाइले लगातार रूपमा समाजको डरका कारण सधैं महिलाले लगाउने भित्री पहिरन मात्र लगाउने गरेको बताएका छन् ।

आधाभन्दा कमले आफूलाई जस्तो पहिरन लगाउन मन लागेको हो, त्यसरी नै लगाएर बाहिर जाने गरेको बताएका छन् । कतिपयले सोच्छन् महिलाले पुरुषको पहिरन लगाउन सक्छन् तर पुरुषले किन लगाउन सक्दैनन् रु केही पुरुषले उनीहरूकी श्रीमतीले हप्ताको १ घण्टाका लागि मात्र भए पनि महिलाको लुगा लगाउन दिने गरेको बताएका छन् । ट्रान्सभेसटिजहरूले विपरीत पहिरन लगाउन मन पराउने भए पनि विपरीत लिंगीसँग नै यौन आकषिर्त भएको पाइएको छ ।

चर्चित मनोदार्शनिक सिग्मन्ड फ्रायडले यस्तो व्यवहार लामो समयदेखिको डरले ल्याएको हुन सक्ने बताएका छन् । कतिपय मनोविद्ले यो व्यवहारलाई सामान्य भनेका छन् । कुनै पनि वस्तुको प्रयोग अनि उक्त वस्तुलाई हेरेर यौन उत्तेजना हुनु स्वभाविक भए पनि यदि यस्तो व्यवहारले आफ्नो यौनसाथीलाई दबाब महसुस हुन्छ, हिंसा हुन थाल्छ भने त्योचाहिँ स्वभाविक होइन । यदि तपाईंको श्रीमान्को यो व्यवहारले तपाईंहरूबीच अप्ठ्यारो सृजना गरेको छ भने यो विषयमा उहाँलाई पनि बुझाउनु आवश्यक हुन्छ ।

तपाईंको श्रीमान्मा देखिएको यो व्यवहार समस्या हो कि होइन भन्ने कुरा उहाँले पनि प्रस्टसँग बुझ्नु आवश्यक छ । अचेल देखिएको तपाईंहरूबीचको मत भिन्नता यौन इच्छामा मात्र सीमित नरही सामाजिक समस्या समेत हुन थाल्छ र अन्ततोगत्वा आफैंलाई हानि पुग्छ । अहिले यसका लागि विभिन्न किसिमको उपचार पद्धति अपनाउन सकिन्छ । मनोविद्को सहयोगमा साइकोथेरापी, कगनेटिभ विहेभिएर थेरापीले सहयोग गर्न सक्छ, जसमा विगतमा भएको भावनात्मक समस्यामा भन्दा पनि अहिले देखिएको समस्यामा केन्द्रित रहेर उपचार गरिन्छ । यसको औषधी उपचार पनि गराउन सकिन्छ, जसका लागि मनोचिकित्सकसँग सम्पर्क गर्न सकिन्छ । यदि तपाइर्ं आफैंले श्रीमान्लाई बुझाउन गार्‍हो हुन्छ भने मनोविद्को सहयोगले खुलस्त रूपमा एकअर्काप्रति प्रस्ट हुन मद्दत मिल्छ ।

– ईकान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *