Sajhamanch Archive

पाँचथरमा श्रीमानले खुकरी प्रहार गरी श्रीमतीको हत्या

Published: in राष्ट्रिय समाचार by .

पाँचथर । जिल्लाको फाल्गुनन्द गाउँपालिकामा एक व्यक्तिले आफ्नै श्रीमतीको निर्मतापूर्वक हत्या गरेका छन् । फाल्गुनन्द गापा–५, थापक्तेपका नरबहादुर चेम्जोङले आफ्नै श्रीमती इन्द्रमाया चेम्जोङको गएराति घरमा खुकुरी हानेर हत्या गरेका हुन् ।

मृतक महिला नरबहादुरकी जेठी श्रीमती भएको बताइएको छ । प्रहरीका अनुसार सामान्य घरायासी विवादक्रममा नरबहादुरले श्रीमती इन्द्रमायाको गर्धनमा खुकुरी खुकुरी हानेका थिए । खुकुरी प्रहार भएकी श्रीमतीको ठाउँको ठाउँ ज्यान गएको पाँचथर जिल्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गर्धनमा खुकुरी लागेकी महिलाको गर्धन करिब छिन्न लागेको अवस्थामा छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलका अनुसार अहिले प्रहरीले हत्यारा नरबहादुरलाई पक्राउ गरी थप अनुसन्धान थालेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *