Sajhamanch Archive

इँटाभट्टाका मेनेजरको हत्याको विरोधमा धरान–विराटनगर सडकमा प्रदर्शन

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

सुनसरी। सुनसरीको दुहबी नगरपालिका–९ स्थित जय बाबा इँटा उद्योगका मेनेजर फिदा हुसेनको हत्या भएको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका छन् । फिदाको आज बिहान अज्ञात समूहले गोली हानी हत्या गरेको थियो ।

फिदाको हत्यापछि स्थानीयले सो क्षेत्रमा प्रदर्शन गरेका हुन् । प्रदर्शनका कारण धरान–विराटनगर सडकखण्डअन्तर्गत गर्ने दुहबी–सोनापुर क्षेत्र ठप्प रहेको छ । प्रदर्शनमा उत्रिएका सर्वसाधारणले सडकमा टायर बालेर तथा बाँस राखेर सडक अवरोध गरिरहेका छन् ।

त्यसक्रममा उनीहरूले स्थानीय बजारमा मेडिकल हलसमेत तोडफोड गरेका छन् भने बजार बन्द नगरेको भन्दै केही पसलका सञ्चालकमाथि हातपातसमेत गरेका छन् ।

फिदामाथि आज बिहान मर्निङ वाकमा रहेका बेला बाइकमा आएका २ जनाको समूहले गोली हानेको थियो । छातीमा गोली लागेका उनको उपचारनिम्ति विराटनगर लैजाँदै गर्दा बाटैमा ज्यान गएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *