Sajhamanch Archive

द्वन्द्व पीडितको पीडा घटेको छ : प्रचण्ड

Published: in राष्ट्रिय समाचार by .

चितवन । नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले द्वन्द्वपीडितको पीडा घटेको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको बताउनुभयो ।

विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।’

शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहनुभएका दाहालले थप्नुभयो, ‘प्रधानमन्त्री कै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ, त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।’

भरतपुर विमानस्थल जोखिमपूर्ण छ, यसको विस्तारको काम के भइरहेको छ भन्ने पत्रकारको प्रश्नमा उहाँले विमानस्थलको विस्तारका लागि छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर विमानस्थल विस्तारको काम अहिले छलफलमा नै छ ।’

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *