Sajhamanch Archive

सहमति कार्यान्वयन नभएको भन्दै बजारबासीले बन्द गरे दूधे–शिवगञ्ज सडक

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

दूधे । मध्य झापाको दक्षिणी हुलाकी राजमार्गसँग जोड्ने दूधे शिवगञ्ज सडक बुधबारबाट बन्द भएको छ । ठेक्केदारले सडकको निर्माण कार्य पुरा नगरेको भन्दै स्थानीय बजारबासीले सडक बन्द गराएका हुन् ।

ठेक्केदारसँग भएको सहमतिमा कार्यान्वय नभएपछि सडक बन्द गराएको बजारबासी बताउँछन् ।

दूधे शिवगञ्ज ९ किमी सडकको अन्य भागमा निर्माण कार्य पुरा भएपनि दुधे बजार क्षेत्रमा सडक अलपत्र छाडिएको छ । सडक नबनिदा धुलोका कारण पसल खोलेर बस्न सक्ने अवस्था नरहेको स्थानीय शिव भट्टराईले बताए ।

गएको कार्तिक ८ गते पनि स्थानीय बासीले सडक बन्द गराएका थिए । ठेक्केदर युवराज डाँगीले दशंै र तिहारको विचमा सडकको निर्माण कार्य पुरा गर्ने बचन दिएको भन्दै इलाका प्रहारी कार्यालयका इन्चार्ज कैलास राईले सडक खुलाउन पहल गरेपछि स्थानीय बीच सहमति जुटेको थियो ।

सहमति भएपछि शिवगञ्ज र चन्द्रडाँगी बजार क्षेत्रमा सडकको निर्माण कार्य पुरा गरे पनि दूधे बजार क्षेत्रमा सडकको निर्माण कार्य सुरु भएको छैन ।

तिहार अगावै सडकको निर्माण कार्य पुरा गर्ने बचन दिएका ठक्केदारले छठ पर्व सकिएको १ हप्ता वितिसक्दा पनि सडकको निर्माण कार्य सुरु नगरेपछि बाटो बन्द गराउनु परेको बजार बासी बताउँछन् ।

सडक निर्माण कार्य अधुरो हुँदा बजारबासीलाई धुलोको कारण स्वास्थ्यमा समस्या आउन थालेपछि स्थानीयबासी संघर्षमा निस्किन बाध्य भएको बजारबासी सन्तोष नेम्वाङ्गले बताए । उनले सडकको निर्माण कार्य सुरु नगरे सडक नखोल्ने समेत जानकारी दिए ।

सडकमा गाडी कुद्नासाथ ड्वाङड्वाङ्ती उढ्ने धुलोले विद्यार्थीहरुलाई समेत आवजजावत गर्न कठिनाई भएको छ । धुलोका बजारमा लगाईएको पसलहरुमा बेच्न राखिएका मालसामान नष्ट भएको छ भने बजारबासीले विहान आएर पसल खोल्नु साटो सडकमा पानी हाल्ले दैनिकी बनेको छ ।

दूधे–शिवगञ्ज ९ किमि सडक निर्माणका लागि र्याप थ्री कन्स्ट्रक्सन कम्पनीले २०७२ सालमा ठेक्का लिएको हो । ८ करोड ५६ लाख ९४ हजार ६९० रुपैयाँमा ठेक्का लिएको थियो । ¥यापथ्री कन्स्ट्रक्सन कम्पनीले निलगिरी कन्स्ट्रक्सन कम्पनीलाई फेरि ठेक्का दिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *