Sajhamanch Archive

प्रधानमन्त्रीको निर्देशनः सबैले परिणाम दिने र परिवर्तन देखिने गरी काम गर्नु होेस

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जन अपेक्षा अनुसार काम गर्नु पर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत कार्यक्रम एवम वजेटको कार्यान्वयन सम्बन्धि प्रथम चौमासिक समिक्षा बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले “देशको परिस्थिती,जनअपेक्षा र हाम्रो अभिभारा बुझ्नु पर्ने बताए । उनले अपेक्षा पुरा गर्न कोही सेवाको रुपमा कार्यरत छौं । कोही जनताले चुनाव मार्फत पठाएर आएका छौं” प्रधानमन्त्री ओलीले भने “यस अभिभारा र अपेक्षालाई पुरा गर्न कोही कसैले पनि विलम्ब गर्न हुँदैन ।”

देश विकास र जनताको कामगर्न कसैले पनि ‘तर, पनि, यदी’ जस्ता शव्द प्रयोग गरेर उम्कन नपाउने प्रधान मन्त्री ओलीले ओलीको भनाई थियो । “सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नु होेस” भन्दै उनले सचिबहरुको बैठकलाई सम्बोधन गरे ।

सरकार गठनको नौ महिनासम्म पनि पुरानै ढाँचा, पुरानै बानी नहटेकोमा प्रधानमन्त्री ओलीले असन्तुष्टी व्यक्त गरेका थिए । “एउटा टेवलबाट अर्को टेवलमा फाइल सर्न कैयौं दिन लाग्ने, सिंहदरवारको एउटा कार्यालयबाट अर्को कार्यलयमा पत्र पुग्न महिनौं लाग्ने । यो पाराले कसरी अघि बढ्न सकिन्छ ”प्रधानमन्त्री ओलीले भने “मन्त्रिपरिषदबाट ढिला सुस्ती भएको छ भने भन्नुहोस् । मन्त्री, सचिबको ढिलासुस्ती छ भने भन्नुहोस । ऐन कानुनले ढिला सुस्ती भएको छ भने त्यो पनि भन्नुहोस । त्यस्ता ढिला सुस्तीका कारणलाई निरुपण गर्ने तर्फ मेरो ध्यान जान्छ । अब कहि पनि ढिलासुस्ती स्वीकार्य नहुने उनले बताए ।
केही तत्वहरु लोकतन्त्रको जरा काट्न उद्ध्त रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनीहरु लोकतन्त्रका आधारहरु माथी असभ्य ढंगले प्रष्तुत भएका छन् । “हामीले लोकतन्त्रको अनुभूति तल्लो स्तरका जनतालाई गराउने गरी काम गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भने “जनतामा आशा जगाउने गरी काम गर्नु पर्दछ । जनत ानिरशा भए भने देशकालागि घातक हुन्छ ।” आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात सचिब मधुसुधन अधिकारी, सञ्चार तथा सुचना प्रविधि मन्त्तालयका सचिव महेन्द्रमान गुरुङ, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिब संजय शर्मा र अनुपकुमार उपाध्याय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिब युवक ध्वज जिसी र प्रकाश माथेमा, उद्योग, वाणिज्य तथा आपूर्ती सचिब यामकुमारी खतिवडा र चन्द्र घिमिरे, सहरी विकास मन्त्रालयका सचिब रमेश कुमार सिंह र पुननिर्माण प्राधिकरणका सचिब अर्जुन कार्कीले आ–आफ्नो मन्त्रालयको चौमासिक प्रगति विवरण पेश गरेका थिए । प्रधानमन्त्रीले मन्त्रालयहरुको प्रगतिविवरण लिने क्रम भोली पनि जारी रहने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *