Sajhamanch Archive

भारतीय रियालिटी सोमा धुम मचाउँदै गरेकी मेनुकालाई स्थानीय सरकारको सहयोग

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । बहु प्रतिभाशाली गायिका मेनुका पौडेललाई भारतीय रियालिटी सो सारेगममा विजयी गराउन स्थानीय सरकार मार्फत आर्थिक सहयोग स्वरूप ६१ हजार प्रदान गरिएको छ ।

हल्दिवारी ४ की स्थायी बासिन्दा पौडेलले आर्थिक अभावका कारण गायन प्रतियोगितामा हार खानु नपरोस भनेर वडा सदस्य महेशलाल मेचेको नेतृत्वमा वडा कार्यालयबाट सो रकम सहयोग गरिएको हो । न्युन आर्थिक अवस्था भएकी सामान्य परिवारकी प्रतिभावान गायिका पौडेलले गत वर्ष  नेपाल आइडलमा पनि ११ औं स्थानसम्म जित्न सफल भएकी थिइन ।

दर्शकको भोटिङ कम पाएपछि बाहिरिएकी गायिका पौडेलले भारतको जी टि भी च्यानलबाट प्रसारित सारेगममा लाखौं प्रतिष्पर्धीलाई उछिन्दै १३ स्थानमा आइ पुगेकी छिन् । अबका प्रतिष्पर्धामा ब्यापक भोटिङ आवश्यक पर्ने हुँदा विभिन्न ठाउँका दर्शकलाई आकर्षण गर्न गरिने कार्यक्रमका लागि रकम अभावमा परेकी दृष्टिविहिन गायिका पौडेलको आर्थिक अभाव घटाउन वडा सदस्य मेचेले अभियान थालेका हुन् । मेचेले संघीय लोकतन्त्रमा स्थानीय सरकार आफ्ना कला, संस्कृति र साहित्यको संरक्षण गर्न सफल हुनु पर्छ भन्ने शन्देश प्रवाह गर्न गायिका पोडेल जिताउ अभियान वडाबाटै सुरू गरेका हुन् ।

भारतीय भूमिका नेपाल र नेपालीको पहिचान तथा अस्तित्व राख्न सफल पौडेल जिताउ अभियानका लागि सवै झापा बासीसित मेचेले सहयोग गर्न आग्रह समेत गरेका छन् । हल्दिवारी ४ की मात्र सम्पत्ति नभएर मेनुका पौडेल नेपालकै गौरव भएको मेचेले प्रष्ट पारेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *